Websoft University

www.radiomakalu.com || 021-522512


सोनिया स्वदेश फिर्ता

सोनिया स्वदेश फिर्ता

नयाँदिल्ली, चैत ११ गते  । भारतको प्रमुख प्रतिपक्षी दलकी नेतृ सोनिया गान्धी स्वदेश फर्किनुभएको छ । स्वास्थ्य परीक्षणका लागि अमेरिका जानुभएकी गान्धी बिहीबार राति अवेर स्वदेश फर्किनुभएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । “नेतृ गान्धी आफ्ना छोरा राहुल गान्धीसँगै स्वदेश फर्किनुभएको छ, नेतृ गान्धीलाई लिन उहाँका छोरा राहुल केहीदिन अघि मात्रै अमेरिका जानुभएको थियो । अमेरिका जाँदा सोनिया गान्धी एक्लै जानुभएको थियो ।


नेतृ गान्धीले गत अगस्तमा निर्वाचनको प्रचारप्रसारका लागि विभिन्न ठाउँमा जाने क्रममा उत्तरी भारतको बाराणाशी शहरमा पुग्दा विरामी पर्नुभएको थियो । सोनिया हाल बाँकी हुनुभएका नेहरु र गान्धी परिवारका सदस्यमा सबैभन्दा उच्च व्यक्त हुनुहन्छ । गान्धी परिवारले सन् १९४७ भारत बेलायती उपनिवेशबाट स्वतन्त्रत भएदेखि शासन गर्दै आएको थियो ।

उहाँको पार्टीले गत सन् २०१४ मा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीसँग आम निर्वाचनमा पराजित भएको थियो । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget