Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री प्रचण्ड–चिनियाँ उपप्रधानमन्त्री भेट: ‘ओबर’मा नेपालको प्रतिबद्धता



काठमाडौँ, चैत १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ (ओबर) अवधारणमा नेपालले साझेदारी गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपप्रधानमन्त्री झाङ गाओलीबीच शुक्रबार भएको भेटमा प्रचण्डले ओबरमा नेपालले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको हो । ओबर चीनका राष्ट्रपति सी जिनपिङद्वारा प्रस्ताव गरिएको महŒवाकाङ्क्षी परियोजना हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ चीनको हाइनानमा भइरहेको ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सहभागी हुन चीन जानुभएको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने दृढता दोहो¥याउनुभएको थियो । ‘एक चीन’ नीतिप्रति नेपालले सधैँ समर्थन गर्दै आएको उल्लेख गर्दै उहाँले चीनको विकास र आर्थिक उन्नतिबाट नेपालले पनि फाइदा लिनसक्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत संस्थागत गरिएको र अहिले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायित्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको बताउनुभएको थियो ।
प्रधानमन्त्रीले रसुवा, काठमाडौँ, पोखरा हुँदै लुम्बिनीसम्म रेल सेवा विस्तार, ऊर्जा सञ्जालको निर्माण, ट्रान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोलियम पदार्थको भण्डारण, प्रसारण लाइन, विशेष आर्थिक क्षेत्र सहितका विभिन्न विषयमा दुईपक्षीय सहमति जरुरी रहेको बताउनुभयो ।
उहाँले नेपाल–चीन सम्बन्धको ऐतिहासिकता झल्काउने अरनिको राजमार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै चीनसँग जोडिएका पूर्वपश्चिमका विभिन्न नाका खोल्न पनि आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले नेपाल सरकारका तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषयमा खुला र स्पष्ट रूपमा नेपालको धारणा प्रस्तुत गर्नुभएको सचिवालयले जनाएको छ ।
भेटमा चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सम्बन्धलाई अझै नयाँ उचाइमा पु¥याउन महŒवपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डको केही समयपहिले भारतको गोवामा भएको चीनका राष्ट्रपतिसँगको भेट एवं चीन भ्रमणका क्रममा हुने भेट धेरै महŒवका रहेको बताउँदै चीनले सधैँ नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको बताउनुभयो ।
उपप्रधानमन्त्रीले चीनका राष्ट्रपतिले उपयुक्त समयमा चीनको भ्रमण गर्ने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अघि सार्नुभएका रेल, व्यापार, पूर्वाधार विकासलगायत सबै विषयमा चीन सकारात्मक रहेको जानकारी दिनुभयो । यी विषयमा छिट्टै सहमति गरेर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले अरनिको राजमार्ग खोल्न चीन सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।
नेपाल संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै उहाँले नेपालका राजनीतिक दल एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्याको समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पुरानो चिनजान रहेको स्मरण गर्दै उहाँलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले शनिबार ‘बोआओ फोरम फर एसिया’ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ शनिबारै बेइजिङ जाने कार्यक्रमसमेत छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget