Websoft University

www.radiomakalu.com || 021-522512


अनुगमनका नाममा आतंक सिर्जना गरेको औषधी व्यवसायीको आरोप



काठमाडौं,चैत १२ गते । औषधी व्यवसायीले अनुगमनको नाममा सरकारले आतंक मच्चाउने काम गरेको आरोप लगाएका छन् । ललितपुरको जावलाखेलमा सनिबार आयोजित नेपाल औषधी व्यवसायी बाग्मती अञ्चलको तेश्रो वार्षिक साधारणसभामा सहभागी औषधी व्यवसायीले अनुगमनको नाममा व्यवसायीलाई त्रसित र आतकिंत बनाउने काम सरकारी निकायबाट भएको दाबी गरेका हुन् ।

कुरै नबुझ्ने संस्थाहरुबाट अनुगमनको नाममा आतंक मच्चाउने ढंगले औषधी पसलबाट मान्छे नै तानेर लैजाने गरिएको भन्दै व्यवसायीले अनुगमन गर्ने सरकारी निकायको व्यवहारप्रति आपत्ती जनाएका छन्।


औषधी व्यवस्था विभागबाट अनुगमन हुनु स्वभाविक भएपनि औषधी र औषधी व्यवसाय बुझ्दै नबुझेकाहरुबाट अनुगमन भएको भन्दै उनीहरुले त्यसकार्यको विरोध गरेका हुन् ।

व्यवसायीले केही औषधीको दुरुपयोग भईरहेकोबारे आफुहरुले पनि लेखा राख्ने काम गरिरहेको भन्दै सोही विषयलाई लिएर सिंगो व्यवसायलाई नै प्रभाव पार्ने गरी गरिने अनुगमन रोक्न पनि सरकारसंग माग गरेका छन् ।

आफुहरुले व्यवसाय मात्रै नगरेर सेवा पनि गरेको दाबी गर्दे सेवा प्रदायक व्यवसायको रुपमा सरकारले हेर्नुपर्ने माग पनि औषधी व्यवसायीले गरेका छन् । संघमा विदेशबाट औषधि आयात गर्ने, थोक र खुद्रा औषधि विक्रेताहरु आवद्ध छन् ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget