Websoft University

www.radiomakalu.com || 021-522512


आयरल्याण्डका कप्तानको खुट्टा भाँच्चियो, विश्वकप छनौट गुमाउने



विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत रिपव्लिक अफ आयरल्याण्डले युरोकप सेमिफाइनलिष्ट वेल्सलाई बराबरीमा रोक्दा उसले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो ।


अभिभा रंगशालामा खेलको ६९औं मिनेटमा आयरल्याण्डका कप्तान तथा एभर्टनका डिफेण्डर २८ बर्षीय सिमस केलम्यान वेल्सका निल टेलरको भयानक ट्याकलमा परे र उनको खुट्टा भाँच्चियो । लगत्तै रेफ्रीले उनलाई रेड कार्ड दिएका थिए ।

आयरल्याण्डका प्रशिक्षक मार्टिन ओ’निलले आफ्ना डिफेण्डरको खुट्टा खराव तरिकाले भाँच्चिएको जानकारी दिए ।

‘वास्तवमै यो उनका लागि निक्कै ठूलो झड्का हो । उनी आफ्नो खेलजीवनको उत्कृष्ट समयमा थिए तथा हाम्रा लागि उनी निक्कै ठूला खेलाडी थिए र एक महान कप्तान थिए ।’ प्रशिक्षक ओ’निलले भने ।

उता एभर्टनका लागि पनि ठूलो नोक्सानी हो । तर उनी अवश्य र्फकनेछन्, हामी सधैं आशाबादी हुनुपर्छ ।

वेल्सका म्यानेजर क्रिस कोलम्यानले भनेका छन् कि आफ्ना डिफेण्डर टेलर, जसको ट्याकलमा कोलम्यानको खुट्टा भाँच्चिएको थियो, त्यस घटनापछि उनी निक्कै निराश देखिन्छन् ।

‘सबैभन्दा पहिला, सबैभन्दा महत्वपूर्ण कुरा भनेको सिमस कोलम्यान हो’, उनले भने, ‘हामीलाई भनिएअनुसार उनको अवस्था क्रिटिकल छ र त्यसप्रति हामी क्षमायाचना गछौं ।’

‘मेरो खेलाडी टेलर वास्तवमै त्यस्तो खालको खेलाडी होइन, तर सिमसका लागि यो निक्कै दुःखदायी क्षण हो, हामी उनको साथमा छौं र यस्तो दुर्घटना फेरी देख्न नपरोस भनेर कामना गर्छु ।’ वेल्स प्रशिक्षकले भने ।

एभर्टन मिडफिल्डर जेम्स म्याकर्थीले पनि आयरल्याण्डको तर्फबाट खेल्ने निश्चित थियो, तर खेलको केहि समयअघि मात्रै हृयामस्टि्रङ इन्ज्यूरीका कारण टिममा समावेश भएनन् ।

बराबरीपछि पनि युरोपेली छनौटको समूह डी मा आयरल्याण्ड शीर्ष स्थानमा यथावत छ । वेल्स दोस्रो स्थानमा चार अंकले पछाडि छ ।

आगामी जुन ११ मा वेल्सले सर्वियासँग प्रतिस्पर्धा गर्दा टेलरसँगै रियल मडि्रडका सुपरस्टार ग्यारेथ बेल पनि हुने छैनन् । लगातार दुई खेलमा पहेँलो कार्ड पाएपछि उनी एक खेलको प्रतिबन्धमा परेका छन् ।

आयरल्याण्डले जुन ११ मै अष्ट्रियासँग खेल्नेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget