Websoft University

www.radiomakalu.com || 021-522512


डेभिड सिल्भा बने स्पेनको चौथो सर्बाधिक गोलकर्ता



स्पेनका लागि मिडफिल्डर डेभिड सिल्भाको अविश्वसनीय गोल रेकर्ड जारी छ । विश्वकप छनौट अन्तर्गत इजरायलबिरुद्धको ४-१ को जितमा गोलको सुरुवात गरेका सिल्भा स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने चौथो खेलाडीसमेत बनेका छन् ।


पहिलो हाफमा गरेको गोलसँगै म्यान्चेस्टर सिटीका यी मिडफिल्डरले स्पेनका लागि ११० खेलमा गोलसंख्या २९ पुर्‍याएका छन् । दोस्रो हाफमा अर्को गोल गर्ने अवसर थियो तर बल क्रसबारमा लागेर बाहिरिएको थियो ।

अहिलेसम्म स्पेनका लागि धेरै गोल गर्ने चौथो खेलाडी बनेका सिल्भाभन्दा अगाडि डेभिड भिया ५९ गोल-९७ खेल), राउल ४४ गोल -१०२ खेल) र फर्नाण्डो टोरेस ३८ गोल -११० खेल) छन् ।

सिल्भाले रियल मडि्रडका फर्नाण्डो हेरिरोको २९ गोलको रेकर्डसँग बराबरी गरेका छन् । र उनी स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने फरवार्डभन्दा अन्य पोजिसनका खेलाडी बनेका छन् ।

विश्वकप युरोपेली छनौटमा ५ खेलमा १३ अंक पुर्‍याउने क्रममा सिल्भाका अलावा डिएगो कोष्टा, भिटोलो र इस्कोले गोल गरेका थिए । स्पेन समूहको शीर्ष स्थानमा यथावत छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget