Websoft University

www.radiomakalu.com || 021-522512


बुफोनको एक हजारौं खेलमा इटली बिजयी



विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत गएराति सम्पन्न तनावपूर्ण खेलमा इटलीले अल्वानीयालाई २-० गोलले हराएको छ ।


आर नजिक पुगेपछि अल्वानीयाका समर्थकले मैदानमा आगोको ज्वालासहितको धुवाँ बम प्रहार गरेपछि खेल करिव ९ मिनेट अवरुद्ध भएको थियो ।

तर इटलीका लागि भने यो खेल ऐतिहासिक थियो । किनभने त्यो उसका भेट्रान महान गोलरक्षक जियानलुइगी बुफोनको १ हजारौं करिअर खेल थियो ।

ड्यानियल डि रोसीले २०औं मिनेटमै पेनाल्टीमार्फत खेलमा अग्रता लिएपछि असन्तुष्ट अल्वानीयाली समर्थकले दोस्रो हाफको सुरुमै मैदानमा धुवाँ बम फालेर बिरोध जनाएका थिए । रेफ्री स्लाभ्को भिन्किकले खेल रोकेर खेलाडीलाई मैदान बाहिर पठाएका थिए ।

अल्वानीयाका इटलीयन प्रशिक्षक जियान्नी डी बियासीले भनेका छन् कि ‘मैदानमा पटाका फालेर बिरोध गरेको प्रति म निक्कै निराश छु ।’

‘मैले सोचेको पनि थिइन कि यस्तो देख्नुपर्छ भनेर ।’ उनले भने ।

इटलीको रेञ्जो बारबेरा रंगशालामा जब अल्वानीयाका समर्थकलाई सार्वजनिक चेतावनी दिइयो, त्यसपछि उनीहरुले झन बढी पटाका र भुवाँ बम मैदानमा फलेका थिए ।

३९ बर्षीय बुफोन जसले इटलीका लागि १६८औं खेल खेलिरहेका थिए । उनले युरोपको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको केशेढुंगा पनि पार गरेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget