Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ भारतीय राजदूत काठमाडौं आए



काठमाडौं,चैत १२ गते । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् ।

शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ ।


सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् ।

निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।

काठमाडौँ आएका राजदूतलाई भारतीय दूतावासका कर्मचारीले विमानस्थलमा स्वागत गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget