Websoft University

www.radiomakalu.com || 021-522512


सभामुखको सचिवालयमा रोकियो बाफिया


Onsari-Gharti-at-Parliament-building
काठमाडौँ, चैत ६ गते ।  संसद्बाट पारित भएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) अझै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको छैन ।  यो बहुचर्चित विधेयक आनुसाङ्गिक सुधारमा विवाद भएपछि संसद् सचिवालयमा नै अड्किएको छ ।  संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भए पनि विधेयक साढे दुई महिनादेखि अध्ययनका क्रममा भन्दै रोकिएको छ ।
संसद्को पुस २६ गतेको बैठकले विधेयक पारित गरेको थियो ।  तर, पारित विधेयकका केही प्रावधानमा अर्थमन्त्री कृष्णबहादुर महरा समेतले चासो देखाउनुभएपछि विधेयक सभामुखको सचिवालयमा रोकिएको छ ।
विधेयक शाखाले पारित विधेयकअनुसार आनुसाङ्गिक सुधार गरी हस्ताक्षरका लागि सभामुखसमक्ष पेस गरेपछि विधेयक अध्ययनका लागि भन्दै रोकिएको हो ।  शाखाले ताकेता गरे पनि सभामुखको सचिवालयले विधेयक फिर्ता गरेको छैन ।  Onsari-Gharti-at-Parliament-building
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आनुसाङ्गिक सुधारका क्रममा रहेका कारण विधेयक प्रमाणीकरणका लागि पेस गर्न ढिलाइ भएको बताउनुभयो ।  गौतमले भन्नुभयो, “आनुसाङ्गिक सुधारका क्रममा नै छ ।  विधेयक अलि जटिल पनि छ ।  आनुसाङ्गिक सुधारको क्रम सकिएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउँछौंँ । ”
विधेयकका प्रावधानमाथि सभामुख ओनसरी घर्तीले अर्थमन्त्री महरासँग समेत परामर्श गरिसक्नुभएको छ ।  पारित विधेयकले तय गरेको सञ्चालकका योग्यता, सेयर संरचना र कार्यकालका केही विषयमा थप स्पष्टता आवश्यक भएको भन्दै विधेयक अध्ययनका लागि रोकिएको हो ।
सामान्यतया संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पेस गर्नुपर्छ ।  विधेयक पारित भइसकेपछि परिमार्जन गर्न मिल्दैन ।  संविधानको प्रावधान अनुसार विवादित भए वा थप सुधार आवश्यक ठाने राष्ट्रपतिबाट पुनः विधेयक संसद्मा फिर्ता हुनसक्छ ।  प्रमाणीकरण भइसकेको अवस्थामा भने ऐन संशोधनमात्र विकल्प हुन सक्छ ।  तर, संसद्ले पारित गरेको विधेयक लामो समयसम्म अध्ययनका लागि भन्दै रोकिनुलाई भने धेरै चासोका रूपमा हेरेका छन् ।
यसअघि पनि सांसदले आफ्नो व्यावसायिक स्वार्थ अनुकूल विधेयक परिमार्जन गरेको भन्दै अर्थ समितिले संसद्मा पेस गरेको विधेयक पुनः समितिमा नै फिर्ता भएको थियो ।  तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयक पुनः छलफलका लागि भन्दै संसदीय समितिमा फिर्ताको प्रस्ताव संसद्मा राख्नुभएको थियो ।  अर्थ समितिले संसद्को निर्देशन अनुसार पूर्व गभर्नर, पूर्व अर्थमन्त्री, अर्थ मन्त्रालयका उच्च अधिकारी र विज्ञसँग समेत छलफल गरी विधेयक पारित गरेका थियो ।  मङ्सिर ७ गतेको समितिको बैठकले विधेयक पारित गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।
पारित विधेयकले बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत लगातार दुई कार्यकाल मात्र रहने व्यवस्था गरेको छ ।  कार्यकाल चार वर्षको ताकिएको छ ।  यस्तै संवैधानिक निकायमा पदाधिकारी रहिसकेका व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।  बैङ्क तथा वित्तीय संस्थाको सेयर स्थापनाको १० वर्षपछि साधरण सेयरमा परिवर्तन हुनसक्ने व्यवस्था विधेयकमा गरिएको छ ।  कर्मचारीलाई दिने सेयरको अनुपात शून्य दशमलव पाँच प्रतिशत तोकिएको छ ।  कुनै कम्पनीमा ५० प्रतिशत बढी सेयर रहेको व्यक्ति आफैँले ऋण लिएको बैङ्कमा सञ्चालक बन्न नपाउने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
बाफियाजस्तै माघ २३ गते पारित भएको सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक पनि अध्ययनकै क्रममा संसद्मा रोकिएको छ ।  उक्त विधेयक पनि हस्ताक्षरका क्रममा सभामुखको सचिवालयमा छ ।  -नारायण काफ्ले


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget