Websoft University

www.radiomakalu.com || 021-522512


आईजीपी विवाद: मुद्दाको अन्तिम सुनुवाई प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासमा



जयबहादुर चन्द

काठमाडौं,चैत ६ गते । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्वन्धी मुद्दा आज आइतबारदेखि अन्तिम सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश सुशील कार्कीले आफ्नै नेतृत्वको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेकी छन् । इजलासमा हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य छन् ।


मुद्दा गत बिहीबार नै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा पेश भएको थियो ।

तर, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश जारी गर्ने न्यायाधीशहरुकै इजलास भन्दै आपत्ति जनाएपछि पूर्ण इजलासमा पठाइएको थियो ।

अब पूर्ण इजलासमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नै डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने हरिकृष्ण कार्कीसहित तेजबहादुर केसीको इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, प्रहरी प्रमुख दलका अर्का दाबेदार डीआईजी नवराज सिलवाल अदालत गए ।

सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि सरकारले प्रहरी नियमावलीमा संशोधन गर्दै प्राविधितर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget