Websoft University

www.radiomakalu.com || 021-522512


एउटा गाउँपालिकालाई दुईवटा निर्वाचन क्षेत्रमा बाँड्न नपाइने

प्रधानमन्त्रीले ल्याए नयाँ निर्वाचन क्षेत्र निर्धारण विधेयक



काठमाडौं,  चैत ६ गते  । विभिन्न गाविसलाई जोडेर गाउँपालिका बनाएको सरकारले एउटै गाउँपालिकालाई एक भन्दा बढी निर्वाचन क्षेत्रमा बाँड्न नपाइने कानून प्रस्ताव गरेको छ । तर, नगरपालिकालाई भने भिन्नाभिन्नै चुनाव क्षेत्रमा बाँड्न सकिने छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विधेयकमा नगरपालिकाहरुलाई भने विभिन्न चुनाव क्षेत्रमा बाँड्न सकिने प्रस्ताव गरेको छ । तर, नगरपालिकाका वडालाई एउटै चुनाव क्षेत्रमा राख्नुपर्ने छ ।

स्थानीय तहको निर्वाचन घोषणा गरेको सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी अघि बढाएको छ । यसैका लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विधेयक संसदमा दर्ता गरेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नयाँ संविधानले तोकेअनुसार निर्वाचन क्षेत्र निर्धारणको काम अझैसम्म हुन सकिरहेको छैन । निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी यो विधेयक आइतबार व्यवस्थापिका संसदमा प्रस्तुत हुँदैछ । संसदले यस विधेयकलाई ऐनको रुपमा स्वीकृत गरेपछि प्रादेशिक र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढ्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रस्तावित विधेयक अनुसार प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र जनसंख्या र भौगोलिक अनुकुलता तथा बिशिष्टताका आधारमा निर्धारण हुनेछ । हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झार्नुपर्ने छ ।

यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र हुनेछ भने एकभन्दा बढी निर्वाचन क्षेत्र तोकिने जिल्लामा जनसंख्याको अनुपातमा हरेक निर्वाचन क्षेत्रको जनसंख्या बराबर पारिने विधेयकमा उल्लेख छ । तर, एउटा गाउँपालिका/नगरपालिकाको कुनै पनि भूगोल दुई निर्वाचन क्षेत्रमा पर्न नहुने विधेयकमा प्रस्ताव छ ।


त्यसैगरी सरकारले एक जिल्लाको क्षेत्रलाई अर्को जिल्लामा समावेश हुने निर्वाचन क्षेत्रमा पनि समेट्न पाइने छैन ।

प्रदेश सभा निर्वाचन क्षेत्र कस्तो

सरकारले जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको दोब्बर हुने गरी जिल्लामा प्रदेश निर्वाचन क्षेत्र तोक्ने प्रस्तावित विधेयकमा प्रावधान राखेको छ । यसो गर्दा एक जिल्लामा कम्तिमा दुईवटा प्रदेश निर्वाचन क्षेत्रहरु अनिवार्य हुनेछ ।

प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र तोक्दा एक जिल्ला बराबर एक क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाको कुनै पनि वडा एकभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गरी प्रदेश निर्वाचन क्षेत्र निर्धारण गर्न पाइने छैन । सरकारले प्रदेश सभाको निर्वाचन क्षेत्र तय गर्दा जनसंख्यालाई मुख्य आधार मान्ने र भूगोललाई दोस्रो आधार मान्नुपर्ने प्रस्ताव गरेको छ ।



अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget