Websoft University

www.radiomakalu.com || 021-522512


माटोमा अधिक अम्लियपन

माटोमा अधिक अम्लियपन

भद्रपुर, फागनु २२ गते  । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘सुपर जोन’ धान क्षेत्र लागू भएको झापामा ९७ दशमल २८ प्रतिशत माटोमा अम्लियपन रहेको जिल्लास्थित सुपर जोन कार्यक्रम कार्यालयले जनाएको छ ।

काठमाडौँस्थित माटो व्यवस्थापन निर्देशनालयका वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेको नेतृत्वमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरी र माटो परीक्षण प्रयोगशाला सुरुङ्गा झापाको विज्ञहरुको संयुृक्त टोलीले सुपर जोन– धान क्षेत्रका २१९ स्थानको माटो नमुना परीक्षण गरेपछि सो कुरा सार्वजनिक गरिएको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो ।

उहाँले माटो परीक्षणका क्रममा २ दशमलव २८ प्रतिशत माटो तटस्थ रहेको र यसबाट माटोमा बालीलाई चाहिने खाद्यपदार्थ अत्यन्तै न्यून हुँदा उत्पादन कम हुने जानकारी दिनुभयो ।

रासायनिक मलको अधिक प्रयोग र गोबर मल तथा अर्गानिक मलको न्यून प्रयोगले गर्दा माटोमा अम्लियपन बढेकाले अम्लियपनलाई हटाई उत्पादन बढाउन तत्काल कृषि चुन प्रयोग गर्नुपर्ने कृषि विज्ञको सुझाव छ ।

धानका लागि सुपर जोन मानिएका गाविसमा कार्यालयले कृषि चुन र ढुवानीमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम भए पनि दिगो कृषि विकासका लागि कृषक तथा कृषक समूहले प्राङ्गारिक मल तथा गोबर मल प्रयोग गर्नुको विकल्प नरहेको वरिष्ठ कृषि अधिकृत तिमल्सेनाले बताउनुभयो । माटोमा रहेको अम्लियपन बालीनाली, तरकारी तथा फलफुल कुनै पनि बालीका लागि उपयुक्त नभएको पनि बताइएको छ ।  रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget