Websoft University

www.radiomakalu.com || 021-522512


धरानमा तिन दिने वृहत पुष्प प्रदर्शनी मेलाको सम्पूर्ण तयारी पुरा



धरान,  फागुन २२ गते  ।  फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि पूर्वका सुनसरी, मोरङ र झापाका पुष्प व्यवसायी तथा कृषहरु एक जुट हुदै व्यवसायिक प्रवद्र्धनमा जुटेका छन् । यसैलाई लक्षित गरी यी तीन जिल्लाका व्यवसायी तथा कृषकहरुले पहिलो पटक पूर्वाञ्चलको सुन्दर नगरी धरानमा फागुन २३, २४ र १५ गते वृहत पुष्प प्रदर्शनी मेलाको आयोजना गर्दैछन् । आयोजनाको सम्पूर्ण तयारी पूरा भएको मेलाका
संयोजक खगेन्द्र पोखरेलले जानकारी दिनुभयो ।


प्रदर्शनीमा विविध प्रकारका २० वटा स्टलहरु रहने भएका छन् । १ लाख ७२ हजार  लागत लाग्ने भनिएको पुष्प प्रदर्शनी मेलाले पूर्वका पुष्प व्यवसायीहरुलाई  व्यवसायिकमात्र हैन ‘घर आगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल विरुवा बनाऔं पूर्वाञ्चल हराभरा’ भन्ने मूल नारालाई सार्थक बनाउन पनि पुष्प प्रदर्शनी मेलाले सहयोग पुग्ने पूर्वाञ्चलका पुष्प व्यवसायीहरुको अपेक्षा छ ।



मेलामा करिब ३ सय प्रजातिका फुलका विरुवाहरु राखिने भएको छ । हरेक स्टलहरुमा परम्परागत फुलका अलवा विभिन्न जातका फुलका बिउ बिजन, औजार  उपकरण,प्याकिजीङका सामग्री,बिषादीका पर्दशनी तथा बिक्री कक्ष समेत मेलामा दर्शकहरुको लागि विक्रीमा राखिने आयोजक फ्लोरीकल्चर एसोसियसन नेपालका बरिष्ठ उपाअध्यक्ष दिलिप बादेले जानकारी दिनुभयो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget