Websoft University

www.radiomakalu.com || 021-522512


वैद्य माओवादीको धादिङ जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित




काठमाडौं, चैत १६ गते । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी धादिङको जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

जिल्ला सेक्रेटरी हरि अधिकारीसहित जिल्ला कमिटीमा अन्य १६ सदस्यहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् । धादिङमा वैद्य माओवादीको १९ सदस्यीय जिल्ला समिति थियो । त्यसमध्ये एक सदस्य वैदेशिक रोजगारीमा रहेका छन् भने अर्को एकजनाले सक्रिय राजनीति त्यागेका छन् । अर्को एकजना भने केन्द्रबाटै तोकिएका सदस्य थिए ।


उनीहरु आज एक औपचारिक कायक्रम गरी माओवादी केन्द्रमा समाहित भएका हुन् ।

धादिङमा माओवादीको जिल्ला नेतृत्वमा विवाद बढेपछि पार्टीले पुष्पविक्रम मल्ललाई हटाएर जिल्ला अध्यक्षमा शालिकराम जमरकट्टेललाई जिम्मा दिएको थियो । त्यसलगतै धादिङमा माओवादी छाडेर अन्य पार्टीमा गएकाहरु पुनः माओवादीमा फर्कन थालेका हुन् ।

यसअघि धादिङकै निलकण्ठ गाउँपालिका वडा नम्बर ५ बाट करिब ५० जना कांग्रेस एमालेका नेता कार्यकर्ता माओवादी प्रवेश गरेका थिए ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget