Websoft University

www.radiomakalu.com || 021-522512


डा. लोहनीको नयाँ पार्टी घोषणा, राजसंस्था स्थापना मुख्य लक्ष्य




काठमाडौं,चैत १६ गते । डा. प्रकाश चन्द्र लोहनीले आफ्नो नेतृत्वमा हिन्दु राष्ट्रिय पहिचान र राजसंस्था स्थापनाको मुख्य लक्ष्य सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठनको घोषणा गरेका छन् ।


केही समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका डा. लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउन नयाँ पार्टी गठन गरेको उनले बताए ।

नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग, बढ्दो बेरोजगारी र आर्थिक सिथिलताप्रति सरकार संवेदनशील बन्न नसक्दा जनता इमान्दार दलको खोजीमा रहेको भन्दै उनले सबै समस्या समाधानका लागि पार्टी बनाएको बताए ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले संवैधानिक राजसंस्थाको वकालत गर्दै दलिय जमिन्दारी संस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै ७ बुँदे रणनीतिसहित पार्टीको घोषणापत्र पनि जारी गरेको छ ।

२० बुँदे घोषणापत्रमा संवैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरुबीच सदभाव राख्न आवश्यक रहेको निष्कर्षसहित त्यसको कार्यान्वयनलाई मूल लक्ष बनाइएको छ । पूर्ण धार्मिक स्वतन्त्रतासहित धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको घोषणा पत्रमा उल्लेख छ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget