Websoft University

www.radiomakalu.com || 021-522512


बच्चाको निद्रा किन खलबलिन्छ ? बुझ्नुपर्ने कुरा



जब बच्चा सानो हुन्छ, हाम्रो दैनिकी छरितो हुदैन । बच्चालाई स्यहार्ने, ख्वाउने, सरसफाइ गराइदिने, सुताउने जस्ता कुराले हामीलाई तनाव पनि दिन्छ । तर, यसमा बच्चाभन्दा हामी अभिभावक नै जिम्मेवार हुन्छौं ।


बच्चाले त्यसबेला मात्र दुख दिन्छ, जब उनलाई कुनै न कुनै समस्या हुन्छ । अतः त्यो समस्या हामी आमाबुवाकै कारण हुन्छ । यदि बच्चालाई राम्ररी ख्याल गर्ने हो, सही समयमा सुताउने, ख्वाउने, सफा गरिदिने हो भने बच्चाले दुख दिंदैन ।

खासगरी बच्चाको कारण आमाबुवाको निन्द्रा खलबलिएको गुनासो धेरै सुनिन्छ । राती बच्चा रुने, नसुत्ने जस्ता गतिविधिले अभिभावक हैरान हुन्छन् । किन बच्चा सुत्दैन, बच्चाको निन्द्रा किन खलबलिन्छ ? बुझ्नुपर्ने कुरा हो ।

किन सुत्दैन ?

–   अक्सर बच्चा भोक लागेपछि ब्युँझन्छन् । उनीहरुलाई ठीक-ठीक समयमा ख्वाइरहनु पर्छ ।

–   ओछ्यान अप्ठ्यारो भयो भने पनि बच्चाहरु सुत्दैनन् । कुनै कुराले अप्ठ्यारो गरेको, थिचिएको, च्यापिएको छ, धेरै गर्मी वा जाडो भएको छ भने बच्चाहरु सुत्दैनन् ।

–   शारीरिक पीडाले पनि बच्चाको निन्द्रा बिथोलिदिन्छ ।

–   आसपासको होहल्ला, दुर्गन्ध आदिले पनि बच्चालाई राम्ररी सुत्न दिदैन ।

–   बच्चाले दिसा-पिसाब गरेको छ भने निन्द्रा खलबलिन्छ ।

के गर्ने ?

– सानो बच्चाको लागि जहिलेपनि राम्रो गुणस्तरको नेपकिन प्रयोग गर्नुपर्छ, जसलाई पटक-पटक बदल्नु नपरोस् । यसले गर्दा बच्चाले दुख पाउँदैन र राती मस्त निदाउन पाउँछ ।

–   बच्चालाई राती धेरै भोक लाग्छ । त्यसैले राती बच्चा निदाउनुअघि नै उसलाई पर्याप्त पेट भरिएको हुनुपर्छ । राती पनि एक समय निर्धारण गर्नुपर्छ कि, बच्चालाई केहि ख्वाउनका लागि ।

–   यदि बच्चाले आँखा मिच्न थाल्यो, टाउको झुकाएर झुल्न थाल्यो भने तुरुन्तै ओछ्यानमा लगेर सुताउनुपर्छ । बच्चाहरु दिनभर उप|mने, खेल्ने भएकाले थाक्छन् । थाकेपछि उनीहरुलाई सुताउनु पर्छ ।

–   घरमा बढी होहल्ला हुन्छ भने बच्चाको लागि त्यो अनुकुल हुँदैन । टेलिभिजन हेर्ने, गीत सुन्ने, ठूलो आवाजमा कुराकानी गर्ने जस्ता गतिबिधिले बच्चालाई बेचैन बनाउँछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget