Websoft University

www.radiomakalu.com || 021-522512


कार्यकर्तालाई स्वरोजगार बनाउन कांग्रेस मोरङले राहतकोषको स्थापना गर्ने



बिराटनगर, चैत १६ गते । पार्टीका कार्यकर्ताहरुलाई राहत तथा सीपमुलक तालिम दिन नेपाली कांग्रेस मोरङले राहत कोष स्थापना गर्ने भएको छ ।


गरिव, असहाय तथा वेरोजगार युवाहरुलाई लक्षित गरेर सामुहिक राहतकोषको स्थापना गर्ने लागेको मोरङ कांग्रेसले जनाएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गरी मोरङ जिल्ला सभापति तथा सांसद डिगबहादुर लिम्बुले राहत कोष स्थापना गर्ने जानकारी दिए ।

राहत कोषका दागि सांसद लिम्बुले १ महिनाको तलव बराबरको ५१ हजार, कांग्रेस मोरङका सचिव नागेश कोइराला एक लाख ५१ हजार, कोषाध्यक्ष गोपाल थापाले एक लाख, सचिव मोदराज घिमिरेले २१ हजार तथा उपाध्यक्ष शिवनारायण सिंहले २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरेका छन् ।

कांग्र्रेसले मोरङमा १४ हजार सक्रिय कार्यकर्ता रहेको र सबैबाट जनही नगद एक हजार संकलन गरेर करिब डेढ करोड रुपैयाँको राहतकोष निर्माण गरिने योजना बनाएको छ

विराटनगरमा अगामी चैत १८ चैतमा हुने कांग्रेसको जिल्ला भेलाबाट कोषको नामाकरण गरिनेछ । कोषवाट युवा तथा गरिव विपन्न तथा किसानहरुलाई सीपमुलक तथा आयमुलक तालिम दिएर उनीहरुलाई स्वरोजगारको अवसर प्रदान गरिने सभापति लिम्बुले जानकारी दिए। -  अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget