Websoft University

www.radiomakalu.com || 021-522512


लागुऔषधसहित भैरहवामा दुई युवा पक्राउ




भैरहवा,चैत १६ गते  । भैरहवामा लागुऔषध सहित दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही धकधई २ का १८ वर्षीय कृष्ण भुज र केरवानी १ का १८ वर्षीय मुविन पठान रहेको प्रहरीले जनाएको छ ।


भारतीय सिमावर्ती बजार सुनौलीबाट अवैध लागुऔषध शरीरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उनीहरु पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरो शाखा भैरहवाले जनाएको छ ।

उनीहरुका साथबाट टिडी जेसिक डाइजेपाम २ सय ५० सीसी, फेनरागन २ सय ४१ सीसी र नुफिन २ सय ५० सीसी बरामद भएको छ । बरामद लागुऔषधको बजार मूल्य ७० हजार रुपैयाँ रहेको छ ।

पक्राउ परेका युवाहरुले सिमावर्ती भारतीय बजारको समिर मेडिकलबाट लागुऔषध खरिद गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget