Websoft University

www.radiomakalu.com || 021-522512


रक्षामन्त्री खाण र भारतीय स्थल सेनाध्यक्ष रावतबीच भेटवार्ता



काठमाडौं, चैत १६ गते । नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपिन रावतले बुधबार रक्षामन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।


सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरी र रक्षासचिव श्रीधर सापकोटाको पनि उपस्थिति थियो ।

भेटमा भारतीय सेना र नेपाली सेनाकाबीचमा विगतदेखि कायम भइरहेको आपसी हित तथा पारस्परिक मैत्रीपूर्ण सम्बन्धको बारेमा छलफल भएको थियो ।

रक्षामन्त्री बालकृष्ण खाणले सामाजिक, साँस्कृतिक र धार्मिक समानता भएका दुई छिमेकी मुलुकबीचको सदियौंदेखिको मित्रवत सम्बन्धलाई यस भ्रमणले थप प्रगाढता दिने विश्वास व्यक्त गरे ।

रक्षामन्त्री खाणले हजारौं नेपाली नागरिक भारतीय सेनामा संलग्न रहेको तथा भारतको बिरुद्धमा नेपाली भूमिमा कुनै गतिविधि हुन नदिने विश्वास दिलाए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget