Websoft University

www.radiomakalu.com || 021-522512


चुनाव हुन नदिने षड्यन्त्र रोक्न एमालेको सत्तापक्षलाई आग्रह

चुनाव हुन नदिने षड्यन्त्र रोक्न एमालेको सत्तापक्षलाई आग्रह

मेची–महाकाली अभियान समापनको घोषणा गर्न महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर: अन्नपूर्ण
महेन्द्रनगरः प्रमुख विपक्षी दल नेकपा एमालेले निर्धारित मितिमा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न सत्तापक्षलाई आग्रह गरेको छ।
मेची–महाकाली राष्ट्रिय अभियान समापनको घोषणा गर्न कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमालेले सत्तारुढ दलहरुलाई निर्वाचन विरोधी गतिविधि तत्काल रोक्न आग्रह गरेको हो।
संविधान संशोधन बिना निर्वाचन हुनै नसक्ने जस्ता गलत अपवाह फैलाएर निर्वाचन भाड्ने खेल भइरहेको एमालेको आरोप छ। एमालेले तत्काल राजनीतिक दल सम्बन्धी विधेयक लगायत अन्य आवश्यक कानून अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न र निर्वाचनसम्बन्धी अन्यौल हटाएर निर्वाचनको दिशामा सिंगो राष्ट्रलाई अग्रसर गराउन आह्वान समेत गरेको छ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले निर्धारित मितिमा निर्वाचन हुन नदिएर अझै मुलुकलाई अस्थिरतातर्फ धकेल्न सत्तामा रहेका दलहरु लागेको आरोप लगाए। ‘ चुनावबाट भाग्ने बहाना बनाइरहेका छन्,’उनले भने,‘ निर्वाचन मुलुकका लागि आवश्यक छ, त्यसैले पनि सबैको ध्यान निर्वाचनमा जानु आवश्यक छ।’ उनले संविधान संशोधनबिना निर्वाचन हुन नसक्ने सोच हानिकारक र राष्ट्रलाई नै असर पार्ने खालको भएको टिप्पणी गरे।
निर्वाचनको मिति घोषणा भइसकको अवस्थामा सरकारले आचारसंहिता विपरित जथाभावी बजेट रकमान्तर गर्ने तथा कार्यकर्तालाई नियुक्ति र राज्यको ढुकुटी रित्याउने काममा लागेको भन्दै एमालेले आपत्ति जनाएको छ। एमालेले राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई जोगाउन मेची–महाकाली राष्ट्रिय अभियान शुरु गरेको भन्दै सफलतापूर्वक अभियान सम्पन्न भएको निष्कर्ष निकालेको छ। आगामी माघ ७ भित्र तीनै निकायको निर्वाचन सम्पन्न गरि सक्नुपर्ने भन्दै एमालेले त्यसो हुन नसके संवैधानिक जटिलता निम्तिने चेतावनी समेत दिएको छ।
एमालेले अर्काको मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता माथि आँच आउने ढंगबाट सीमा क्षेत्रमा गतिविधि नगर्न भारतलाई सचेत समेत गराएको छ। नेपाली भूमिमै आएर सीमा अतिक्रमण, नेपालीलाई दुःख दिने लगायतका गतिविधि रोक्न तल्लो तहसम्म भारतले आफ्ना निकायलाई निर्देशन दिनुपर्ने एमालेले माग समेत गरेको छ।-बीपी अनमोल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget