Websoft University

www.radiomakalu.com || 021-522512


गुर्जुधारामा ठूलो दुर्घटना, ब्रेक फेल भएको ट्रकले चार सवारी साधनलाई हान्यो




फाइल तस्वीर

काठमाडौं,चैत ४ गते  । थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार कलंकीतर्फ आउँदै गरेको ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।

थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ ।


दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थप ९ जना घाइते भएको बताइएको छ ।

ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो ।

ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको डीएसपी पंगेनीले बताए ।

ट्रकको ठक्करबाट वान टन ट्रकका चालकसहित चार जना घाइते भएका छन् । त्यस्तै ट्याक्सीका चालक पनि गम्भीर घाइते भएको डीएसपी पंगेनीले बताए । अन्य दुई जना सामान्य घाइते छन् ।

उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् भने केहीबेरअवरुद्ध भएको सवारी आवागमन सुचारु भइसकेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget