Websoft University

www.radiomakalu.com || 021-522512


फ्रान्सेली विद्यालयमा गोली प्रहार

फ्रान्सेली विद्यालयमा गोली प्रहार

पेरिसः फ्रान्सको दक्षिण सहर कस्बे ग्रासमा एक माध्यमिक विद्यालयमा बिहीबार अज्ञात समूहले गोली चलाउँदा दुईजना व्यक्ति घाइते भएका छन् । टक्कीभिल्ले माध्यमिक विद्यालयमा भएको गोली काण्डपछि शंकास्पद १७ वर्षीय एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एकजना घटनास्थलबाट भागेको र उसको खोजी कार्य जारी रहेको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए । घटनापछि निसबाट ४० किलोमिटर पश्चिममा अवस्थित ग्रास र वरपरका विद्यालयहरू बन्द गरिएको फ्रान्सेली शिक्षा अधिकारीले बताए । आतंकवाद विरोधी सुरक्षा दस्तालाई घटनास्थलमा तैनाथ गरिएको छ । सरकारले आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिएको थियो ।
निस सहरदेखि ४४ किलोमिटर दूरीमा रहेको उक्त सहर अत्तर उद्योगका लागि प्रख्यात मानिन्छ । चिठी बम र विद्यालय आक्रमणपछि फ्रान्सका गृहमन्त्री बर्नार्ड काजेनेउभले यसअघि तय गरेको उत्तरी सोम्मे क्षेत्रको भ्रमण छोट्याएर राजधानी फर्किएका छन् । गत वर्ष निस सहरमा आतंकवादी आक्रमणमा ८६ जनाको मृत्यु भएको थियो । थुप्रैको ज्यान जाने गरी आतंकवादी आक्रमण भएपछि फ्रान्समा विगत १८ महिनादेखि संकटकाल लगाइएको छ ।
मुद्राकोषमा विस्फोट
अन्तर्राष्ट्रिय मुद्राकोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ । विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोटमा मुद्राकोषका कर्मचारीको दुवै हात र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।
विस्फोटपछि ‘आर्क डे ट्रिओक’ स्मारक नजिकै रहेको अन्तर्राष्ट्रिय मुद्राकोषको पेरिसस्थित कार्यालयमा रहेका कैयौं कर्मचारीलाई पूर्वसावधानीस्वरूप सुरक्षार्थ खाली गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । घटनापछि कुनै विस्फोटबारे फ्रान्सेली प्रहरीले कुनै लिंक भेटाएको सूचना प्राप्त नभएको बताएको छ । यद्यपि ग्रिसको उग्र वामपन्थी समूहले पत्रमा विस्फोटक पदार्थ आफ्नो समूहद्वारा पठाएको बताउँदै पत्र जर्मन अर्थ मन्त्रालयलाई लक्षित गरी पठाइएको जनाएको छ । त्यस समूहले ६ वर्षभन्दा बढी युरोपेली अधिकारीलाई लक्षित गरी यस्तै अभियान चलाउँदै आएको छ।
‘कन्सपिरेसी अफ फायर न्युक्लेई ग्रुप’ ले एक वेबसाइटमा विज्ञप्ति जारी गरेको छ । भनिएको छ, ‘विस्फोटक पदार्थसहितको पार्सल विस्फोट हाम्रो समूहले गराएको हो ।’ जर्मन प्रहरीले बुधबार जर्मन वित्तमन्त्री बुल्फाग्याङ स्काउबलको कार्यालय भवनमा विस्फोटक पदार्थ भेटाएको जनाएको छ ।-एजेन्सी 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget