Websoft University

www.radiomakalu.com || 021-522512


चम्किलो अनुहारका लागि नियमित गर्नुहोस् यस्ता काम



—सधैँ बिहान र बेलुका अनुहार सफा गर्दा क्लिन्जिङ मिल्क या काँचो दूध प्रयोग गर्नुहोस् । मेकअप गर्नुअघि र मेकअप हटाउँदा क्लिन्जिङ गर्नु आवश्यक हुन्छ ।


—२५ वर्षभन्दा माथि लागेपछि छालामा विभिन्न समस्या निस्किन थाल्छन् । छाला फुस्रो हुने समस्या पनि बढ्न थाल्छ । त्यसैले यो उमेरपछि छाला तथा सौन्दर्य विशेषज्ञसँग आफ्नो छालाको स्याहार गर्ने तरिकाबारे जानकारी लिनुपर्छ । हप्तामा एकपटक छालासुहाउँदो फेसप्याक लगाउनु फाइदाजनक हुन्छ ।

—छालामा समस्या हुँदा उपचार पनि गर्न सकिन्छ । तर, अरूको छालामा देखिएको समस्या समाधान गर्न अपनाएको उपचार आफ्नो छालामा नक्कल गर्नु गल्ती हुन्छ । छालाको प्रकृतिअनुसार उपचार पनि फरक हुन सक्छ ।



—छालामा निम्तिने धेरै समस्या घामकै कारण हुन्छ । अल्ट्राभाइलेट रेबाट छालालाई बचाउन सक्नुपर्छ । घाममा निस्किँदा छाता ओढ्ने, डार्क सर्कल नहोस् भन्न आईग्लास प्रयोग गर्ने, गुणस्तरीय सनब्लक क्रिम प्रयोग गर्ने कुरामा खेलाँची गर्नु हुन्न ।

—धूम्रपान र मद्यपानले आन्तरिक स्वास्थ्य मात्रै होइन, अनुहारको छाला पनि बिगार्छ । छाला फुस्रो र कालो गराउन तथा चाउरीपन निम्त्याउन यसको ठूलो भूमिका हुन्छ । त्यसैले धूम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ ।

—दैनिक शरीरलाई आवश्यक पानी पिउनुपर्छ । एक वयस्क व्यक्तिले दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसैगरी शारीरिक व्यायाम पनि नियमित आवश्यक पर्छ । तनावले पनि छालामा असर गर्छ । त्यसैले मानसिक तनावबाट मुक्त रहनुपर्छ । यसका लागि योगा, व्यायाम, मेडिटेसनले पनि ठूलो सहयोग गर्छ । नयाँ पत्रिकाबाट

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget