Websoft University

www.radiomakalu.com || 021-522512


इमर्जिङ कपका कारण धनगढी प्रिमियर लिग सर्‍यो



धनगढी क्रिकेट एकेडेमीले आगामी चैत ५ गतेदेखि आयोजना गर्ने तय भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आयोजना मिति परिवर्नत भएको छ ।

आगामी चैत १४ गतेदेखि एसीसी इमर्जिङ कपमा राष्ट्रिय टोलीका खेलाडीहरु व्यस्त हुने भएपछि धनगढी प्रिमियर लिग निर्धारित मितिभन्दा २२ दिन पछि सारेर चैत २७ देखि बैशाख ९ सम्म आयोजना गरिएको डिसिएलका अध्यक्ष सुवास साहीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।


‘खेलाडी, प्रायोजक र अफिसियलसँगको सल्लाहमा देशको क्रिकेट र क्रिकेटको बृहत्तर हितलाई मध्यनजर गर्दै डिपिएल २२ दिन सार्ने निर्णय गरेका छौं ।’ मंगलबार जारी बिज्ञप्तिमा उल्लेख छ ।

एसियाका चार टेष्ट राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स कपमा नेपालले सहभागिता जनाउँदैछ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget