Websoft University

www.radiomakalu.com || 021-522512


आईजीपी नियुक्ति विवाद : देउवा परामर्शमा


आईजीपी नियुक्ति विवाद : देउवा परामर्शमा
फाइल तस्बिर


काठमाडौं, चैत ९ गते  ।  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिलाई सर्वोच्च अदालतले मंगलबार बदर गरेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परामर्शमा जुटेका छन्।
फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आईजीपीमा डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेको थियो। उक्त नियुक्ती प्रहरी नियमावली र प्रहरीको चेन अफ कमाण्ड विपरित भएको भन्दै सर्वोच्च अदालतले मंगलबार सरकारको नियुक्ति बदर गरेपछिको अवस्था र भावी कदमबारे निर्णय गर्न देउवा कानुनी र राजनीतिक परामर्शमा जुटेका हुन्।
‘सर्वोच्चको निर्णयमा कानुनी र राजनीतिक पक्ष छन्’, अन्नपूर्णसँग कुरा गर्दै देउवाले भने, ‘त्यस बारे कसरी अगाडि बढ्ने, म कानुनी तथा राजनीतिक परामर्शमा छु।’
प्रधान न्यायाधीश सुशीला कार्कीसहितको बृहत पूर्ण इजलासले मंगलबार डीआईजी चन्दको नियुक्ति बदर गर्दै चारजना डीआईजीमा नवराज सिलवाल सबैभन्दा अगाडि रहेको र जेष्ठता तथा योग्यताका आधामार तत्काल नयाँ नियुक्ति गर्न ‘परमादेश’ जारी गरेको छ।
‘यस विषयमा पार्टीमा पनि बहस हुने छ’, देउवाले भने।-अन्नपूर्णपोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget