Websoft University

www.radiomakalu.com || 021-522512


चीनसँग कुनै विषयमा सम्झौता नहुने परराष्ट्रमन्त्रीको घोषणा

चीनसँग कुनै विषयमा सम्झौता नहुने परराष्ट्रमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको चीन भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री प्रकाशशरण महत। तस्बिर: रजेन्द्र केसी


काठमाडौं चैत ९ गते ।  परराष्ट्रमन्त्री प्रकाशशरण महतले आन्तरिक तयारी नपुगेका कारण चीनसँग कुनै पनि बिषयमा सहमति र सम्झौता नहुने बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल बिहिबारदेखि एक साताका लागि चीन भ्रमणमा जाँदैछ।
सो प्रतिनिधिमण्डलका एक सदस्य समेत रहेका परराष्ट्रमन्त्री महतले चीनका प्रधानमन्त्री ली खछियाङ र विदेशमन्त्री वाङ यीसँग भेट नहुने जानकारी गराउँदै त्यस्तो धारणा व्यक्त गरेका हुन।
परराष्ट्रमन्त्री महतले चीनसँग गरिने सहमति र समझदारीका विषय तयारीमा रहे‍को, गृहकार्य गरिरहेको बताउँदै चीनका समकक्षीसँग भेट नहुने कारणले गर्दा सम्झौता नहुने बताए। उनले भने, 'हामी तयार छौ। तर उताका समकक्षीसँग भेट नहुने भएकाले हस्ताक्षर गर्न बाँकी राखेर भ्रमणमा जान लागेका हौ।'
साथै उनले पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको समेत बताए। केरुङ-काठमाडौं रेल विस्तार, वान बेल्ड, वान रोड, रसुवागढी-काठमाडौं सडक स्तरोन्त्ति पारवहन लगायतमा सरकार सधैं प्रतिवद्ध रहेको रहेको उनको भनाइ थियो।-सन्तोष घिमिरे,अन्नपूर्णपोस्ट   बाट   

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget