Websoft University

www.radiomakalu.com || 021-522512


परीक्षणमा उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी

परीक्षणमा उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी


सोल,  चैत्र ९ गते  । उत्तर कोरियाले आज गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।


हाल दक्षिण कोरियामा अमेरिकी र दक्षिण कोरियाली सेनाहरु संयुक्त रुपमा बार्षिक सैनिक अभ्यास सञ्चालन गरिरहेका समय पारी उत्तर कोरियाले आधुनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । दक्षिण कोरियामा भै रहेको बार्षिक सैनिक अभ्यासलाई आफ्नो देशउपर सामरिक आक्रमण गर्ने तयारीका लागि अभ्यास गरेको भन्ने आरोप उत्तर कोरियाले लगाउँदै आएको छ ।

यस मार्च महिनाको शुरुवात सँगसँगै उत्तर कोरियाले चारवटा शक्तिशाली ब्याल्लेस्टिक क्षेप्यास्त्रहरु जापानको सीमा नजिकैको समुद्रमा प्रहार गरी सफल परीक्षण गरेको थियो । यस परीक्षण पश्चात्, जापान, अमेरिका र दक्षिण कोरियाले सशक्त बिरोध जनाएका थिए ।

दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी बुधवार बिहानै उत्तर कोरियाको पूर्वी सामुद्रिक तटवर्ती नगर उन्साङ्बाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्रले केही बेरमै असफल नतिजा देखाएको जानकारी दिएको छ ।

परीक्षण गरिएको उक्त क्षेप्यास्त्र के कति क्षमता र शक्तियुक्त थियो भन्ने तथ्य तत्काल खुल्न नसके ता पनि यस बारे अनुसन्धान र बिश्लेषण भै रहेको पनि सो मन्त्रालयले बताएको छ ।

यता, उत्तर कोरियाले थप अर्को एउटा शक्तिशाली क्षेप्यास्त्र केही दिनपछि नै परीक्षण गर्ने तयारी गरिरहेको तथा क्षेप्यास्त्रवाहक ट्रकलाई परीक्षणस्थल उन्साङ् ल्याई सकेको र त्यहाँ उत्तर कोरियाली विशिष्ट व्यक्तिहरु बसी अवलोकन गर्ने मञ्चसमेत निर्माण गरिरहेको अमेरिकी सैनिक गुप्तचरले थाहा पाएको जनाइएको छ ।

अमेरिकाले उत्तर कोरियाको यस्ता गतिबिधिहरुको निगरानी बढाई उच्चतम सतर्कता अपनाइरहेको पनि अमेरिकी प्रतिरक्षा अधिकारीहरुले जनाएका छन् । केही दिनअघि आधुनिक र अत्यन्त शक्तिशाली रकेट ईन्जिनको सफल परीक्षण गरी अन्तरीक्ष अनुसन्धानमा सघाउ पु¥याएको भनी उत्तर कोरियाले दाबी गरे ता पनि उक्त परियोजना, शक्तिशाली र अत्याधुनिक ब्याल्लिस्टिक क्षेप्यास्त्र उत्पादन तथा भण्डारणसँगै आवद्ध भएको हातहतियार विज्ञहरुको विश्लेषण रहेको जनाइन्छ । रासस ÷एपी

  
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget