Websoft University

www.radiomakalu.com || 021-522512


फिलिपिन्सलाई उसकै भूमिमा हराउन अतूर छौंः नेपाली कप्तान



फिलिपिनो प्रशिक्षकले भने नेपाली टोलीबारे अनभिज्ञ छैनौं

सन् २०१९ मा हुने एसियन कप छनौट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिनिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दैछ ।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि सुरु हुनेछ ।

फिलिपिन्सबिरुद्ध ३५ बर्षदेखि जितबिहीन नेपाली टोली पछिल्लो एक बर्षयताको लयका कारण उत्साहित छ । नेपाल पछिल्ला १४ महिनादेखि अविजित छ ।

सन् १९८२ मा फिलिपिन्सलाई १-० ले हराएको नेपालले त्यसयता तीन खेलमा उसँग पराजय ब्यहोरेको छ । पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३-०ले हारेको थियो ।

सोमबार मनिलामा आयोजित पि्र-म्याच कन्फ्रेन्समा नेपाली कप्तान बिराज महर्जनले बिगतलाई बिर्सँदै फिलिपिन्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरे । उनले भने, ‘पछिल्लो सफलताले हामी उत्साहित छौं र फिलिपिन्सलाई उसैको भूमिमा हराउन आतूर छौं ।’

नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको भएपनि आफ्नो टोली सन्तुलित रहेको बताए । ‘आफ्नो क्षमताअनुसार खेले हामीले फिलिपिन्ससँग तीन अंक खोस्न सक्छौं ।’ पत्रकार सम्मेलनमा कोजीले भने ।



उता फिलिपिनो टोलीका कप्तान फिलिप जेम्स योङहस्बेन्डले केहि दिनअघि मलेसियासँग भएको मैत्रीपूर्ण खेलको उदाहरण दिँदै त्यस खेलमा देखिएका कमजोरी सुधार्न सके नेपाललाई हराउन कठिन नहुने बताए ।

फिलिपिन्सका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलीले पछिल्लो समय गरेका प्रदर्शनबारे आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिए ।

उनले पछिल्लो खेलमा आफ्नो टोलीले पराजित गरेपनि त्यसपछि नेपाली टोलीमा धेरै परिवर्तन आइसकेकाले सतर्क भएर मैदानमा उतार्ने बताए । ‘नेपालका केहि खेलाडीहरु विश्वस्तरका छन्, उनीहरुले स्वाभाविक खेले हामीलाई अप्ठेरो पर्नेछ ।’ प्रशिक्षक डेनिसले भने, प्रशिक्षक डेनिसले भने, ‘तर नेपाल हाम्रा लागि ब्राजिल र अर्जेन्टिनाजस्तो होइनन्, उनीहरु हामीभन्दा कमजोर नै छन् ।’-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget