Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेसको जागरण अभियानमा मधेसी मोर्चाको आपत्ती



नवलपरासी, चैत १४ गते । नेपाली कांग्रेस नवलपरासीको क्षेत्र नम्बर ६ को जनजागरण अभियानलाई लक्षित गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विराध प्रदर्शन गरेको छ ।

साविक नर्सही, कुडिया, पक्लिवा, त्रिवेणी र रुपौलिया गाविस अर्थात त्रिवेणी सुस्ता गाउँपालिकाकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने मागलाई सम्बोधन नगरी कांग्रेस चुनावी अभियानमा लागेको भन्दै विरोध गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लख्खुप्रसाद यादवले बताए ।


उनीहरुले सोमबार कुडियाको कुडिया चोकमा टायर बालेर विरोध जनाएका हुन् ।

एमाले वडा कमिटी बनाउँदै

यसैबीच नेकपा एमाले गाउँपालिका र नगरपालिकाको खाका अनुसार वडा कमिटी, गाउँ कमिटी र नगर कमिटी विस्तारमा लागेको छ ।

नवलपरासीको गैंडाकोट ३, रतनपुरको हात्तीसार र दमारमा नेकपा एमालेको भेला आयोजना गरिएको छ ।

त्यस्तै सोमबार ढोडेनीमा सभा गरिएको नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाले बताए । भेलालाई रोशनबहादुर गाहा, प्रदेश सदस्य हरि न्यौपाने, प्रदेश विभाग लेखा समितिका कृष्ण घिमिरे, गैंडाकोट नगरपालिका संयोजक षडानन्द लामिछाने लगायतले सम्बोधन गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget