Websoft University

www.radiomakalu.com || 021-522512


नेपालले आज घरेलु टोली बंगलादेशको सामना गर्दै



काठमाडौं , चैत्र १५ गते । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज बंगलादेशको यु–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र बंगलादेशको यु–२३ टोलीबीचको खेल बङ्गलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाल समय अनुसार बिहान ८ ः४५ बाट सुरु हुनेछ ।

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समुह बि मा रहेको नेपाल पहिलो खेलमा सोमबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । र, नेपाललाई प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न बंगलादेशबिरुद्धको खेल जित्नैपर्ने दबाबमा छ । बंगलादेशसँग पराजित भएमा नेपालको दोस्रो चरण पुग्ने लक्ष्य समाप्त हुनेछ ।

नेपालको समुहमा बंगलादेश र पाकिस्तान समान दुई अंक जोडेर पहिलो र दोस्रो स्थानमा छ । अंकबिहीन नेपाल तेस्रो र हङकङ पुछारमा छ । बंगलादेशले सोमबार हङकङलाई पराजित गरेको थियो । नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार हङकङसँग खेल्नेछ । समुह चरणको खेलपछि समूहको दुई शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।

दोस्रो पटक हुन लागेको इमर्जिङ कपमा टेष्ट र एसोसियट गरी आठ टोलीको सहभागिता रहेको छ । यसपटक टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै एसोसियटमा नेपालसहित, अफगानिस्तान, हङकङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ । एसअघि सन् २०१३ मा इमर्जिङ कप सिंगापुरमा भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget