Websoft University

www.radiomakalu.com || 021-522512


एसएसबी पीडितले क्षतिपूर्ति पाएनन्

एसएसबी पीडितले क्षतिपूर्ति पाएनन्

इनरुवा,  फागुन ३० गते  । सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् । गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो ।

घटनाको वर्ष बित्दा समेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो पीडितले गरेका हुन् । एसएसबीको गोली लागी घाइते भएका हरिपुर गाविस–९ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलगायतकाले आफ्नो उपचारको खर्च रकम र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका हुन् ।

गोली लागि घाइते भएका अशोकको त्यसबेला उपचारका लागि रु तीन लाख ६५ हजार, सरोजको रु दुई लाख ५० हजार, नरेशको रु दुई लाख र मनोजको रु ५० हजार खर्च भएको उनीहरुले बताएका छन् । उता सुनसरी क्षेत्रको नेपाल भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको छ । सुनसरीको भाण्टाबारीबाहेकका नाकामा नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गोविन्द गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबी सुनसरीबाट नेपालीलाई भारत प्रवेशमा रोक लागाएको हो । एसएसबीले ‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा नेपालीलाई भारत प्रवेशमा रोकेको हो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget