Websoft University

www.radiomakalu.com || 021-522512


हत्याको बिरोधमा होली पर्व बहिष्कार

हत्याको बिरोधमा होली पर्व बहिष्कार

सप्तरी,  फागुन ३० गते  । प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा आज सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिष्कार गरेका छन् । यहाँका जनताले होली बहिष्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केश मुण्डनसमेत गरेका छन् ।

राष्ट्रिय मेधस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैले नमनाउन आह्वान गरिएको बताउनुभयो । जसका कारण राजविराज भर्दर, कञ्चनपुर, सल्यानपुर, बसदिपिक, पठौना, रोपनीलगायत सहरी तथा ग्रामीण क्षेत्रका मधेसी कार्यकर्ता तथा स्थानीय जनताले होली नमनाएका हुन् ।

नेकपा ९एमाले०को मेची महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा विरोधका क्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएको थियो । एक हप्तापछि बन्द खुलेको सप्तरी जिल्ला होलीको रौनकमा पनि शोकमा डुबेको छ । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget