Websoft University

www.radiomakalu.com || 021-522512


चन्दलाई आईजीपी बनाउने निर्णय खारेज


चन्दलाई आईजीपी बनाउने निर्णय खारेज
प्रहरी नियमावली अनुसार आईजीपी नियुक्त गर्न सरकारका नाममा सर्वोच्चद्वारा परमादेश

काठमाडौं चैत ८ गते  । सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ विपरित सरकारले निर्णय गरेकाे ठहर गर्दै उक्त निर्णय खारेज गरेको हाे । सर्वोच्चले अगामी दिनमा मर्यादालाई ख्याल गरेर मात्र नियुक्ति गर्न परमादेश दिएको छ।

'आगामी दिनमा नियम ४१ को मापदण्ड र न्यायिक मान्यता र चेनअफ कमाण्डलगायत समग्रलाई दृष्टिगत गरी उच्चतम अंक प्राप्त गरेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्नु गराउनु भनी सरकारलाई परमादेश समेत जारी भएको छ ।

चन्दलाई पदबहाल हुन रोक्ने गरी सर्वोच्चको पैmसला आएको छ । प्रधानन्यायधीश सुशीला कार्कीसहित न्यायधिशहरु हरिकृष्ण कार्की, ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले प्रहरी महानिरीक्षकमा बढुवा भएका चन्दको नियुक्ति खारेज गरेको हो ।

सोमबार रिट निवेदक र सरकारी वकिलको बहस सकिए पनि समयाभावका कारण निर्णय सुनाउन समय सारिएको थियो । रिट निवेदक नवराज सिलवाल र प्रहरी महानिरीक्षक सिफारिस भएका जयबहादुर चन्द एकैदिन डीआईजी भएकाले ज्येष्ठता मान्न नमिल्ने दाबी उनीहरूको थियो । -अन्नपूर्णपोस्ट बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget