Websoft University

www.radiomakalu.com || 021-522512


यी हुन् शल्यक्रिया गरेर बच्चा जन्माउँदा यस्ता बेफाइदा



स्टाफ नर्स
उपक्षेत्रीय अस्पताल, डडेल्धुरा
शल्यक्रिया गरेर बच्चा जन्माउने समय र त्यसपछिको समयमा अत्यधिक रक्तश्राव हुन्छ । अत्यधिक रक्तश्राव व्यवस्थित तरिकाले रोक्ने वातावरण नबन्दा आमाको ज्यानै पनि जान सक्छ ।

शल्यक्रिया गरेर बच्चा जन्माउँदा काटेको घाउ पाक्ने खतरा बढी रहन्छ । सरसफाइमा ध्यान दिइएन र घाउ पाक्यो भने किटाणु संक्रमणको खतरा रहन्छ । संक्रमणले शरीरमा रोग निम्त्याउन सक्छ ।

शल्यक्रियाबाट बच्चा जन्माउँदा आमाको शरीरका विभिन्न भागमा रगत जम्ने खतरा पनि रहन्छ । गोडा र फोक्सोमा रगत जम्ने समस्या बढी देखिन सक्छ । यसले श्वासप्रश्वासमा समस्या निम्त्याउने, नसा डल्लो पर्नेलगायत हुन्छ । शल्यक्रिया गर्नुअघि बेहोस बनाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो औषधिले वाकवाकी लाग्ने, बान्ता हुने, नराम्रोसँग टाउको दुख्नेजस्ता समस्या ल्याउन सक्छ ।

शल्यक्रिया गरेर बच्चा निकाल्दा पेट र पाठेघरको लद्देयर चिर्नुपर्ने हुन्छ । यसो गर्दा चिरिएको भागआसपासका अंगमा चोटपटक लाग्न सक्छ । थोरै मात्रै गडबडी भएर पिसाबथैली, मिर्गौलालगायत महत्वपूर्ण अंगमा चोटपटक लागे सामान्य अवस्थामा पनि पिसाब चुहिरहने समस्या देखिन सक्छ ।



एकपटक शल्यक्रिया गरेर बच्चा जन्माएकी आमाले अर्कोपटक बच्चा जन्माउँदा पनि शल्यक्रिया नै गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ । दोस्रोपटक पनि शल्यक्रिया गर्दा आमाको स्वास्थ्य थप कमजोर बन्न जान्छ । शल्यक्रिया गरेको केही समय अस्पतालमै रहनुपर्ने बाध्यता रहन्छ । यो अवस्थामा पारिवारिक माहोल नहुन सक्छ । सुत्केरी स्याहार पनि अनुकूल नहुन सक्छ ।

शल्यक्रियाबाट बच्चा जन्माउँदा आमालाई मात्रै होइन, बच्चालाई पनि समस्या पर्न सक्छ । बच्चामा देखिने सबैभन्दा ठूलो समस्या भनेको रोगप्रतिरोधात्मक क्षमता कम हुनु हो । यस्ता बच्चामा श्वासप्रश्वासमै पनि समस्या देखिन सक्छ । दम, एलर्जी हुन सक्छ ।

यो पनि

शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पनि कतिपय गर्भवती र उनका परिवारले अल्पकालीन सहजताका लागि शल्यक्रियाबाटै बच्चा जन्माइदिन चिकित्सकलाई दबाब दिने गरेको धेरै उदाहरण हुन्छन् । सम्बन्धित चिकित्सकले पनि अत्यावश्यक अवस्थाबाहेक सामान्य डेलिभरीमै जोड दिनुपर्छ । शल्यक्रिया गर्नैपरे स्वास्थ्यमा कम असर पर्नेतर्फ जोड दिनुपर्छ ।नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget