Websoft University

www.radiomakalu.com || 021-522512


गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न राष्ट्रपति भण्डारीको आग्रह

गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न राष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ,  चैत ८ गते  । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सद्भाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आज आयोजित ४१आँै लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो – “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो जीवनमा आत्मसात् गरी अगाडि बढेमा मात्र समाजमा शान्ति कायम गर्न बल पुग्छ र हिंसा हत्या अन्त्य हुन्छ ।” बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक रहेकामा पनि उहाँले जोड दिनुभयो ।

उहाँले बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय देशको विविधतालाई सरकारले संरक्षण तथा प्रवद्र्धन गरिरहेको बताउँदै आगामी दिनमा यस क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सरकारसित आग्रहसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले केन्द्रीय गुम्बा स्थापना गर्न विकास समितिको बजेट थप गर्न आफूले पहल गर्ने जानकारीसमेत दिनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले अध्ययन भ्रमणका सहभागीलाई प्रमाणपत्र वितरणसमेत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले बौद्ध दर्शन प्रवद्र्धन गर्न भ्रमण सफल रहेको बताउनुभयो । समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङले केन्द्रीय गुम्बा स्थापना गर्न र समितिका कार्यक्रमलाई कार्यान्वयन गर्न थप बजेटको आवश्यकता रहेको बताउनुभयो ।

बुद्धधर्म र दर्शनका बारेमा अध्ययन गर्न समितिले हरेक वर्ष लामागुरु अध्ययन भ्रमणको संयोजन गर्दै आएको छ । विभिन्न ३० भन्दा बढी जिल्लाका लामागुरुले यस पटक नेपालसहित भारतका खासगरी दार्जिलिङ, गान्तोक र सिक्किमका विभिन्न गुम्बा अध्ययन गरेका थिए ।

नौदिनको अध्ययन अवधिको अन्तिम दिन राष्ट्रपतिद्वारा भ्रमणको समापन गर्ने परम्परा रहिआएको छ । विसं २०३६ मा सो विकास समिति स्थापना भएको थियो । समितिका दर्ता भएका करिब दुई हजार तीनसय गुम्बामध्ये २०७२ वैशाख १२ गतेको भूकम्पबाट एक हजार तीन सय १८ गुम्बामा क्षति पुगेको थियो । ती गुम्बाको पुनःनिर्माणमा बजेटको अभाव भएकोसमेत जनाइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget