Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगको पूर्व अनुमानः उम्मेदवारको संख्या साढे ३ लाख कट्ने

एक पदका लागि ७ देखि १० दलवीच प्रतिस्पर्धा हुने



काठमाडौं,चैत  ४ गते । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा देशभर साढे ३ लाख बढी उम्मेदवार रहने पूर्व अनुमान गरेको छ ।

यो चुनावले नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष र चार वडा सदस्य गरी झण्डै ३५ हजार जनप्रतिनिधि चयन गर्नेछ ।


उम्मेदवारी दर्ताका लागि बैशाख १६ गते विहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिसकेको छ । मतदान बैशाख ३१ गते बिहान सात बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

चुनावको तयारीमा रहेको आयोगले करिब ३ लाख ६६ हजार ३ सय ९० जना उम्मेदवार अनुमान गरेको छ । यो अनुमानित संख्या स्वतन्त्र उम्मेदवार बाहेकको हो ।

निर्वाचन आयोगले यही आधारमा निर्वाचन व्यवस्थापनको तयारी गरिरहेको छ । तर स्वतन्त्र उम्मेदवारको संख्या भने अनुमान गर्न नसकिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले एक पदमा ७ देखि १० जनाबीच मात्र प्रतिस्पर्धा हुने अनुमान गरेको छ । यही आधारमा दलको तर्फबाट मात्र देशभर करिब साँढे तीन लाख उम्मेदवारवीच प्रतिस्पर्धा हुने अनुमान गरेको हो ।

आगामी स्थानीय चुनावमा १ सय १३ दललाई निर्वाचनमा भाग लिन सक्नेछन् । सबैभन्दा धेरै काठमाडौंमा ४५ र कम मनाङमा ७ दलले भाग लिन पाउँछन् ।

तर, अधिकाशं स्थानीय तहमा उम्मेदवारी दिने दलको संख्या १० कटेमा देशभरको कुल उम्मेदवारको संख्या थप बृद्धि हुँदै जाने पनि आयोगले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारको समेत संख्या जोड्दा उम्मेदवारको संख्या ४ लाख कट्न सक्ने निर्वाचन आयोगले आंकलन गरेको छ । एउटा स्थानीय तहमा गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखका लागि निर्वाचन हुनेछ ।

यस्तै हरेक वडामा एक जना वडाध्यक्ष र अन्य चार सदस्यका लागि निर्वाचन हुनेछ । सोही पदका लागि यति धेरै संख्यामा उम्मेदवारको अनुमान गरिएको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget