Websoft University

www.radiomakalu.com || 021-522512


नक्कली लाइसेन्सको अखडामा प्रहरीको धावा, २ पक्राउ




काठमाडाैं, चैत ९ गते। सामान्य र कानूनी प्रक्रियाबाट सवारी चालक अनुमति पत्र लिनसजिलो छैन । यातायात कार्यलयदेखि ट्राफिक प्रहरीसम्मले लाइसेन्स लिन निकै कडाइ गरिरहेको बताउने गरेको छ ।


तर तिनै निकायको आँखै अगाडि सरकारी होलोग्राम र निशाना छाप प्रयोग गरी नक्कली लाइसेन्स बनाउने गिरोह फेला परेको छ । घरमै लाइसेन्स बनाउने गिरोहलाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको छ ।

यसरी समातियो गिरोह

ललितपुर प्रहरी परिसरले भनिमण्डलस्थित यातायात कार्यलय वरीपरी सादा पाशोकमा प्रहरी परिचालन गरी यातायात कार्यालयमा दलाली गर्नेहरुलाई निगरानी गरेको थियो ।

यातायात कार्यलय छेउमा एक मोटरसाइकल संकास्पद अवस्थामा देखियो । सादा पोशाकमा खटिएका प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिँदै चालक गणेश बहादुर गोलसँग कागजपत्र मागे ।

उनले मोटरसाइकलको ब्लुुबुक र लाइसेन्स दिए । उनको हाउभाउ संकास्पद लागेर प्रहरीले उनको लाइसेन्सको आधिकारिकता खोज्दै जाँदा ०६६-८२७९२६ नम्बरको उनको लाइसेन्स र यातायात कार्यालयमा त्यस नम्बरको लाइसेन्स अर्कैका लागि जारी भएको पाइयो ।

त्यसपछि नक्कली लाइसेन्स बनाउने गिरोह प्रहरीको फन्दामा परे । सिन्धुलीका गोलेको साथबाट बरामद भएको लाइसेन्स नक्कली भएको प्रमाणित भएपछि ललितपुर परिसरले अनुसन्धान अगाडि बढाएको थियो ।

गोलेकै बयानका आधारमा प्रहरीले सिन्धुलीकै अनिल कुमार पाखि्रन भनिमण्डलबाट पक्राउ गर्‍यो । ललितपुर परिसरका एसपी अशोक सिंहका अनुसार पाख्रिनले नै गोलेको नक्कली लाइसेन्स बनाइदिएका थिए ।

मोटरसाइकलदेखि ठूला गाडीसमेत चलाउन पाउने अनुमति भएको लाइसेन्स बनाएका गोलेले पाख्रिनका लागि ग्रहाक खोज्ने जिम्मेवारी लिएको प्रहरीले जनाएको छ ।

घरमै लाइसेन्सको कारोवार

एसपी सिंहका अनुसार पाख्रिन लेखापढीको काम गर्ने मान्छे हुन् । तर उनले विगत ६ महिनादेखि नक्कली लाइसेन्सको धन्दा चलाउँदै आएको भेटिएको छ ।

प्रहरीले उनको डेरामा छापा मारेर विभिन्न व्यक्तिको नाममा बनाइएको नक्कली लाइसेन्स ६ थान, त्यसमा पनि प्रयोग हुने सरकारी होलोग्राम १ सय ९० थान र खाली लाइसेन्स १ सय १५ थान बरामद गरेको छ ।

‘यिनले घरमै पि्रन्टरदेखि, सरकारी छाप र होलोगा्रमसमेत राखेर लाइसेन्स बनाइदिने रहेछन् ।’ एसपी सिंहले भने, ‘डिजाइन पनि आफैं गर्ने भएकोले सरकारी होलोग्राम सक्कली हो कि नक्कली खुलेको छैन हामी अनुसन्धान गर्दैछौं ।’

प्रहरीका अनुसार मोटरसाइकलको १ हजारदेखि ठूला गाडीको १५ हजारसम्म असुल गरेर नक्कली लाइसेन्स बनाइदिने गरेको बयानबाट खुलेको छ ।

यही गिरोहले बाग्मती बाहेक अन्य अञ्चलको नाममा पनि लाइसेन्स बनाएको भेटिएको छ । पाखि्रनको साथबाट लाइसेन्स डिजाइन गर्ने कम्प्युटर पनि बरामद भएको छ ।

सरकारी होलोग्राम यातायात कार्यलयबाटै बाहिरएको हुनसक्ने प्रहरीको आशंका छ । यो गिरोहमा पाखि्रनलाई साथ दिने अन्य केही व्यक्तिहरुको पनि पहिचान भैसकेको एसपी सिंहले बताए । नक्कली लाइसेन्स बनाउने गिरोह यातायात कार्यलय आपासमै बढी सक्रिय भएकोले कारवाहीलाई तीव्र बनाउने उनले बताए ।-रमेश धमला,अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget