Websoft University

www.radiomakalu.com || 021-522512


भैरहवा विमानस्थलको काम सुचारु गर्न युवाहरुको माग



भैरहवा,चैत ९ गते  । चिनियाँ र नेपाली कम्पनीबीच विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल सुचारु गर्न स्थानीय युवाले माग गरेका छन् ।

भैरहवाबासीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समाज गठन गरेका छन् र उनीहरुले राष्ट्रिय गौरवको आयोजनामा परेको विमानस्थलको काम रोकिएकामा चासो व्यक्त गरेका छन् ।


उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै विमानस्थलको निर्माण कार्य सुचारु गर, निर्धारित समयमै विमानस्थल निर्माण सम्पन्न गर, समयमै निर्माण सम्पन्न नगर्नेलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।

सरोकार समाजले विमानस्थलको निर्माण कार्य तत्काल सुचारु गराउन माग गर्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ ।

समाजका अध्यक्ष गणेश पाठकले ठेकेदारको आपसी विवादका कारण राष्ट्रिय गौरवको आयोजना रहेको विमानस्थलको निर्माण कार्य रोक्न नहुने बताए ।

‘स्थानियको लामो प्रतिक्षा पछि विमानस्थलको निर्माण सुरु भएको छ । अब यसमा पनि विवाद उत्पन्न भएको छ । यो हामीलाई मान्य हुने छैन,’ उनले भने ‘काम नगर्ने ठेकेदार हो भने त्यसलाई सरकारले कारवाही गर्नुपर्छ तर विमानस्थलको निर्माण कार्य रोकिनु हुनुहुँदैन ।’

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादका कारण विमानस्थलको निर्माण कार्य ठप्प भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालीलाई ‘सब कन्ट्राक्टर’ बाट हटाएको छ । नर्थ वेष्ट नेपाल इन्फ्रा प्राली एमाले नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल र युवा संघका नेता राजु गरुङसहितको कम्पनी हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget