Websoft University

www.radiomakalu.com || 021-522512


मृत्युको मुखबाट फर्किए टोरेस, स्वास्थ्य सुधारोन्मुख



फिजिकल गेम’ भएकाले फुटबलमा यदाकदा गम्भीर घटनाहरु पनि हुन्छन् । खेलका क्रममा आपसी ट्याकल हुँदा खेलाडीहरुले मृत्युवरण गरेका समाचारहरु पनि सुनिन्छन् ।

त्यस्तै मृत्युको मुखबाट फिर्ता भएका छन् एथ्लेटिको मडि्रडका स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस ।

ला लिगा अन्तर्गत गएराति भएको डेपोर्टिभो ला कोरुनाबिरुद्धको खेलमा एथ्लेटिकोले बराबरीको नतिजा जति घातक थियो, त्यो भन्दा धेरै घातक अवस्था टोरेसको गम्भीर चोटले निम्त्यायो ।

सब्सिच्युड खेलाडीको रुपमा ६७औं मिनेटमा मैदान छिरेका टोरेसले ८५औं मिनेटमा गम्भीर ट्याकलको सामना गरे ।

एथ्लेटिको मडि्रडले भनेको छ कि उसका स्टार स्ट्राइकरको स्वास्थ्य अवस्था ‘गम्भीर सुधारोन्मुख’ छ । सबैभन्दा खुसीको कुरा उनको होस फिरेको छ ।

इंग्लिस क्लव लिभरपुल र चेल्सीका पूर्व स्टार टोरेस खेलको ८५औं मिनेटमा डेपोर्टिभोका एलेक्स बर्गान्टिनोससँग बल हेडिङ गर्ने क्रममा जुध्न पुगेका थिए ।

उनी अहिले अस्पताल र चिकित्सकको निगरानीमा छन् । तर एथ्लेटिकोले एक्स-रे रिपोर्टको हवाला दिँदै भनेको छ कि ‘कुनै दर्दनाक चोट तथा खलबली देखिएको छैन ।’

३२ बर्षीय स्ट्राइकर टोरेसको तर्फबाट निकालिएको बिज्ञप्तिमा पनि ‘यो एकदमै डरलाग्दो थियो । तर अहिले ठीक हुँदैछु र चाँडै नै मैदानमा र्फकनेछु ।’ भनिएको छ ।

पोष्ट म्याच कन्फ्रेन्समा एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले पनि घटना लगत्तै आफू निक्कै चिन्तित र नर्भस भएको बताए ।

‘हामीले बेन्चबाट नराम्रो आवाज सुन्यौं र देख्यौं कि उनी कसरी भुईंमा ढलेका थिए ।’ सिमोनीले भने, ‘हामीले यो पत्ता लगाउन सकेका थिएनौं कि उनको गर्धनमा चोट लाग्यो या नाकमा ?’

एथ्लेटिकोले खेल १० खेलाडीमा सकाएको थियो । ३ सब्सिच्युडको सुविधा सकिएपछि टोरेसको स्थानमा उसले खेलाडी छिराउन पाएन । तर एन्टोइन गि्रजम्यानको उत्कृष्ट गोलले एथ्लेटिकोलाई हारबाट जोगायो ।

प्रशिक्षक पेपे मेलको पहिलो खेलमा डेपोर्टिभोले खेलको १३औं मिनेटमै फ्लोरिन एण्डोनको गोलबाट अग्रता लिएको थियो । उनले एथ्लेटिकोका ओब्लाकको कमजोर गोल किकको फाइदा उठाएका थिए ।

‘खेलको अन्तिममा मैले रिजल्टमा कुनै ध्यान नै दिइन’, पोष्ट म्याच कन्फ्रेन्समा गि्रजम्यानले भने, ‘म मात्र यो जान्न चाहन्थेँ कि फर्नाण्डोलाई कस्तो छ र आशा गर्छु कि उसलाई ठीक भइसकेको छ ।’

एथ्लेटिकोका लेफ्ट-ब्याक फिलिप लुइसले थपे, ‘हामीले जे देख्यौं त्यो निक्कै दर्दनाक थियो । हामी सबै डराएका थियौं तर अहिले उनको स्वास्थ्य ठीक भइरहेको सुनेका छौं, निक्कै रमाइलो लागेको छ ।’

डेपोर्टिभोसँग बराबरी खेलेपछि ला लिगाको चौथो स्थानमा रहेको एथ्लेटिको शीर्ष स्थानको बार्सिलोनासँग ११ अंकले पछाडि परेको छ । उसले २५ खेलमा ४६अंक जोडेको छ भने समान खेलबाट बार्सिलोनाको ५७ अंक छ । डेपोर्टिभो लिगको १७औं स्थानमा यथावत छ ।

हेर्नुस् भिडियो
अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget