Websoft University

www.radiomakalu.com || 021-522512


एमालेलाई पछ्याउँदै राप्रपाले पनि मेची-काली अभियान चलाउने, चुनाव चिन्ह गाई रोजियो

 
 काठमाडौं,फागुन २० गते  । आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेले जस्तै मेची-महाकाली अभियानको घोषणा गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखबरलाई बताए ।


चैत ७ गते एकै दिन झापा, महेन्द्रनगर, काठमाडौं र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने बर्तौलाले बताए । उक्त अभियान चैत १२ गते चितवनमा आइपुगेर टुंगिने राप्रपाको निर्णय छ ।

साथै केन्द्रीय समितिको बैठकले स्थानीय चुनावको तयारीमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

चुनाव चिन्ह गाई नै रहने

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिन्हबारे टुंगो लगाउँदै हलोको साटो गाईलाई नै रोजेको छ ।

बहुमत केन्द्रीय सदस्यको चाहना अनुसार राप्रपाको चुनाव चिन्ह गाई रहने भएको बर्तौलाले बताए ।

यसअघि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेबारे केही नेताहरुको फरक मत देखिएको थियो ।

लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले हलोको पक्षमा लविङ गरे पनि बहुमत केन्द्रीय सदस्य गाईको पक्षमा उभिएपछि चुनाव चिन्हबारे निर्णय लिइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

गत मंसिरमा पार्टी एकता हुनुअघि हलो राप्रपाको र गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget