Websoft University

www.radiomakalu.com || 021-522512


अग्निपीडितलाई हङकङ–तेह्रथुम मञ्चको सहयोग


अग्निपीडितलाई हङकङ–तेह्रथुम मञ्चको सहयोग
तेह्रथुम, फागुन २० गते । तेह्रथुमको सङ्क्रान्तिबजारका अग्निपीडित परिवारलाई हङकङ–तेह्रथुम मञ्चले सहयोग रकम उपलब्ध गराएको छ ।
सङ्क्रान्तिबजार आइपुगेका मञ्चका सदस्य तथा समाजसेवी शान्तसागर फोम्बोले आगलागी क्षेत्रको निरीक्षण गर्दै मञ्चका तर्फबाट रु चार लाख सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
फोम्बोले सो रकम इलाका प्रशासन कार्यालय सङ्क्रान्तिबजारका प्रमुख सफल पोर्तेल र सङ्क्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेललाई बुधबार संयुक्तरुपमा हस्तान्तरण गर्नुभयोे । सो रकम मञ्चमा आवद्ध नेपाली तथा तेह्रथुमेबाट सङ्कलन गरिएको फोम्बोले बताउनुभयो ।

यस्तै, मञ्चले खाम्लालुङका नौ पीडित परिवारलाई पनि सहयोग उपलब्ध गराएको छ । मञ्चले रु दुई लाख १७ हजार सहयोग गरेको हो । उक्त रकम भने क्षतिका आधारमा वितरण गरिएको इलाका प्रशासक पोर्तेलले बताउनुभयो । गत पुस १ गते भएको आगलागीले सङ्क्रान्तिबजारका २४ घर पूर्णरुपमा जलेका थिए भने अन्य पाँच घरमा आंशिक क्षति पुगेको थियो । आगलागीबाट ७३ परिवार विस्थापित हुँदा रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget