Websoft University

www.radiomakalu.com || 021-522512


चैत पहिलो साता छैटौं हिमालयन आउटडोर फेस्टिबल हुने



बिभिन्न तीन खेलहरुसहितको हिमालयन आउटडोर फेष्टिबलको छैटौं संस्करण आगामी चैत ४ देखि ६ गतेसम्म नुवाकोटको ककनीमा आयोजना हुने भएको छ ।


साहसिक खेलकुदका उत्साहीलाई नयाँ खेलमा आकर्षित गर्न तथा आउटडोर जीवनशैली सिकाउने उत्सवको रुपमा लिइएको यस फेष्टिवलमा मूख्य गरी तीन खेलहरु सामावेश गरिएका छन् ।

ट्रेल रनिङ, रक क्लाइम्बिङ र माउन्टेन बाइकिङ खेलहरुको प्रतिस्पर्धामा विश्वभरीका व्यवसायिक तथा गैरव्यवसायिक खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् ।

द नर्थ फेसले प्रायोजन गरेको कार्यक्रममा खेल गतिविधिका अलावा डाइनो कम्पिटिसन, स्यालाकलाइन कम्पिटिसन, जीपलाइन, होरिजेनटल बन्जी, किड कर्नर, आउटडोर गियर/वेयर ऐस्पो, फुड स्टल, लाइभ म्युजिक र एडभेन्चरमुभी स्क्रिनिङ को समावेश हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget