Websoft University

www.radiomakalu.com || 021-522512


म्याक्सवेलले हाने करिअरकै पहिलो टेष्ट शतक



काठमाडौं,चैत ४ गते  । उतार चडावपूर्ण लयका कारण अष्ट्रेलियाको क्रिकेट टोलीमा नियमित स्थान बनाउन संघर्षरत ब्याट्सम्यान ग्लेन म्याक्सवेलले भारतबिरुद्धको तेस्रो टेष्टमा शतक प्रहार गरेका छन् ।


भारतको राँचीमा जारी तेस्रो टेष्टको दोस्रो दिन १८० बलमा उनले शतक प्रहार गरेका हुन् । ८२ रनको व्यक्तिगत स्कोरबाट दोस्रो दिनको खेल सुरु गरेका म्याक्सवेलले शतकीय कोशेढुंगा पार गर्दै १०४ रन बनाएर जडेजाको बलमा आउट भए ।

अगाडि बढेर शट खेल्न मन पराउने व्याट्सम्यानलाई टेष्ट क्रिकेटमा उत्कृष्ट मानिँदैन । त्यसैले सन् २०१३ मै भारतबिरुद्धको टेष्टबाट डेब्यु पाएपनि उनले अष्ट्रेलियाका लागि चार टेष्टमात्र खेलेका छन् ।

४ टेष्ट क्रिकेटमा एक शतक र एक अर्धशतक प्रहार गरेका उनले १६२ रन हानेका छन् ।

एकदिवशीय र ट्वान्टी ट्वान्टी क्रिकेटमा भने उनी निरन्तर अष्ट्रेलियाली टोलीबाट खेलिरहेका छन् ।

दोस्रो दिनको लञ्च ब्रेकसम्म अष्ट्रेलियाले ७ विकेट गुमाएर ४०१ रन जोडेको छ । म्याक्स्वेल आउट भएपछि आएका म्याथ्यु वेडले ३७ रन बनाएर आउट हुँदा प्याट क्युमिन्स डक आउट भएका थिए । कप्तान स्टिभ स्मिथ १५३ रन र स्टिफ ओफिक १ रन बनाएर खेलिरहेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget