Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापालाई मन्त्री बनाउनु प्रचण्डको भूलः उपेन्द्र यादव




रौतहट,चैत ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली सेना लगाएर निर्वाचन गराउँछु भन्ने भ्रम नपाल्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले राप्रपा अध्यक्ष कमल थापालाई मन्त्री बनाउनु प्रधानमन्त्री प्रचण्डको भूल भएको टिप्पणी गरेका छन् ।

शनिबार सदरमुकाम गौरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मधेसी मोर्चाका नेता यादवले यथास्थितिमा चुनाव हुन नसक्ने बताए ।

आफुहरुले संवैधानिक र संसदीय प्रक्रियाबाटै सबै समस्याको समाधान चाहेको भन्दै उनले बताए । यदि सरकारले समस्या हल गर्ने बाटो नै बन्द गर्छ भने अन्तिम विकल्प संघर्ष मात्र बाँकी हुने उनको तर्क छ ।

संघीय समाजवादी फोरम अध्यक्ष यादवले राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराएकोमा असन्तुष्टि जनाएका छन् । प्रचण्डले हजारौंको बलिदानीलाई सरकारको आयुसँग साटेको आरोप लगाउँदै उनले भने ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको सट्टा अझै पनि राजासहितको हिन्दुराष्ट्र खोज्ने कमल थापासँग सहकार्य गर्दा जनयुद्वको अर्थ कति रहृयो ?

यद्यपि सरकारको आयु अब केही महिना मात्रै भएकाले जतिसुकै रणनिति बनाए पनि केही नहुने उनले बताए ।-गौतम श्रेष्ठ,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget