Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगलाई कमल थापाको प्रश्नः एमाले र माओवादीलाई प्रतिवन्ध लगाउन सक्छौ ?



काठमाडौं, चैत ५ गते। राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगकै कारण स्थानीय चुनावको वातावरण धमिलिनसक्ने चेतावनी दिएका छन् । साथै उनले आयोगले आफ्नो निर्णय नसच्याए उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर सडकमा जाने बताएका छन् ।


संविधान विपरित भएको भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था हटाएपछि अध्यक्ष थापा आयोगमाथि खनिएका हुन् ।

राप्रपाको चुनाव चिन्ह ‘गाई’ सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्थानीयविकासमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले निर्वाचन आयोगको निर्णय संविधान विपरित भएको बताए ।

कुनै पनि पार्टीका लागि उसको विचार र सिद्धान्त प्रण भएको भन्दै उनले यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताए । यो विषय राप्रपाको मात्र नभएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरे ।

माओवादीले अहिले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेको, एमाले र माओवादीको मान्यता संसदीय व्यवस्था भन्दा फरक रहेको भन्दै भन्दै राप्रपा अध्यक्ष थापाले आयोगलाई प्रश्न गरे-के तपाई एमाले र माओवादीको विचारलाई प्रतिवन्ध लगाउन सक्नुहुन्छ ?’

चुनावमा जाादा दलहरुले बोक्ने एजेण्डा निर्वाचन आयोगले नभई दल स्वयंमले तय गर्ने उनले बताए ।

आफ्नो सम्बोधनको अधिकांश समय आयोगको निर्णयको आचोचनामा विताएका थापाले निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । आफ्नो सिद्धान्त र मान्यतका लागि जंगल गएर जनयुद्ध गर्ने देश यही हो भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, आज यति मात्र भन्छ, अन्यथा यसले चुनावको वातावरण धमिलिनसक्छ र सम्पूर्ण दोष आयोगको हुनेछ ।’

राप्रपाले अहिले नै आवेशमा कुनै निर्णय नगर्ने भन्दै उनले बैधानिक बाटोबाट अघि बढ्ने बताए । बैधानिक बाटो रोकिएमा अझ सशक्त आन्दोलन गर्ने र सडकबाटै आफ्ना मान्यता स्थापना गर्न लाग्ने बताए ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले अघि भने, हाम्रो आफ्नो सिद्धान्त भन्दा ठूलो सत्ता होइन, संघर्षमा जानुपर्दा सबैभन्दा पहिला उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर जनताको माझमा जान्छु ।’
-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget