
सुर्खेत,चैत ५ गते । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचनमा जान सरकारले खुट्टा कमाइरहेको बताएका छन् । साथै उनले चुनाव गराउने आँट नभए सत्ता छाड्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।
सुर्खेतमा आयोजित एमाले सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले निर्वाचनसँग खेलबाड नगर्न चेतावनी दिए । उनले भने, यदि तपाईसँग चुनाव गराउने आँट छैन भने सत्तामा बस्ने कुनै अधिकार छैन । तरुन्तै कुर्सी छाड्नुस् ।’
कसरी चुनाव गराउनुपर्छ भन्ने एमालेलाई राम्रोसँग थाहा रहेको भन्दै उनले अहिले नै मधेसका जनता भोट दिन तयार रहेको र एमाले नेतृत्वमा आए विरोध गर्ने कोही पनि नहुने दाबी गरे ।
सप्तरी घटनापछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुले मेची महाकाली अभियान रोक्न भनेको भन्दै उनले भने, यो एमालेप्रति सद्भाव देखाएको होइन । अभियानले देशभरी नै एमालेको प्रभाव देखेर हो ।’-अनलाइनखबर
Post a Comment