Websoft University

www.radiomakalu.com || 021-522512


बर्दिया राष्ट्रिय निकुञ्जमा बाघलाई पछ्याउँदा …



बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैंडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू संरक्षित छन् ।

बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न पर्यटकहरु पुग्ने गर्दछन् । बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाका अनुसार हाल बर्दियामा ५६ बयस्क बाघ छन् । हरेक चार-चार वर्षमा बाघको गणना हुने गर्दछ र बयस्कमात्र गणना गरिन्छ ।

बाघले बच्चा पाएको छ भन्ने थाहा पाएपछि म चितवनबाट ४६० किलोमिटरको दुरी पार गर्दै ठाकुरद्वारा पुगें । मसँग चालक देवेन्द्र शाही ठकुरी थिए । ठाकुरद्वारा पुगेपछि कर्णाली जंगल क्याम्पका प्रमुख श्याम प्रसाईं र एनटीएनसी बर्दियाकी इञ्चार्ज अम्बिका खतिवडासाग भेट भयो ।

हामीलाई बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापा र गाइड जगत रिजालले बाघको अवलोकन गराउन तिनकुने भन्ने स्थानमा पुर्‍याए । त्यहाँ करिब डेढ सय मिटर नजिकबाट बाघको अवलोकन गर्न पाइयो ।


बच्चासँग माउ खेलिरहेको देखियो । बच्चासँग भएकाले माउले आक्रमण गर्छ कि भन्ने डर थियो, तर त्यस्तो केही भएन । त्यसभन्दा पनि धेरै डर गैंडाले आक्रमण गर्छ कि भन्ने थियो । किनकी बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ठूलो छ र वरपरबाट गैंडाहरु जुधेको आवाज पनि आइरहेको थियो ।
बाघहरु खेलेको, पानी पिएको, खोला तरेको दृष्य क्यामरामा कैद गर्न पाउँदा मेरो भ्रमण सफल भयो भन्ने लाग्यो । बाघ बाहेक गैंडा, बाह्रसिंगे, बाँदर र केही चराहरुको पनि फोटो खिचेको छु । नेपालका सबै निकुञ्जमा पुगेर संरक्षित जनावर र पंक्षीको तस्वीर खिच्ने मेरो उद्देश्य छ ।

त्योभन्दा ठूलो उद्देश्य नेपालका पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउनु छ ।









सागर गिरी,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget