Websoft University

www.radiomakalu.com || 021-522512


१० जुवाडेविरुद्ध मुद्दा चलाइयो




चितवन, चैत ५ गते। जिल्ला प्रहरी कार्यालय चितवनले १० जुवाडेविरुद्ध जुवा ऐन-२०२० अन्तर्गत मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको सामाजिक विकृति/विसङगतिलाई रोकथाम तथा न्यूनीरण गर्ने उदेश्यले जुवा खेल्ने व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।


प्रहरीले भतरपुर नगरपालिकाका विश्राम दराई, दल बहादुर आले, नर बहादुर लामा, मान बहादुर कुमाल, डिल बहादुर श्रेष्ठ, डम्वर बहादुर गुरुङ, देव बहादुर गुरुङ र चुडामणी महतोविरुद्ध मुद्दा चलाएको हो । त्यस्तै, नारायणी नगरपालिकाका ओम गुरुङ र भरतपुर उपमहानगरपालिकाका दुर्गा कुमालविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट सात दिन म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले भरतपुर महानगरपालिकास्थित नौरंगेका डिल वहादुर गुरुङको घरनजिकै कुखुराको खोरमा तास खेल्दै गरेका १० जुवाडे पक्राउ गरेको थियो ।

जुवाको खालबाट दुई लाख एघार हजार छ सय ८ रुपैयाँ नगद र ४ बुक तास समेत बरामद भएको थियो ।-राजेन्द्र आचार्य,अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget