Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनको तयारी तीव्र गतिमा – निर्वाचन आयुक्त यादव

निर्वाचनको तयारी तीव्र गतिमा – निर्वाचन आयुक्त यादव

विराटनगर, चैत  १२ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदातापत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।


प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि संविधानले निर्दिष्ट गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस विषयमा सचेतना फैलाउन सञ्चार क्षेत्रसँग आग्रह गर्नुभयो । पत्रकारको जिज्ञासामा उहाँले नेपालको संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख गरिएको अवस्थामा राप्रपाको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजतन्त्र संविधानको अनुकूल नभएको देखिएकाले कानुनविद्को सल्लाहमा सो ‘वाक्यांश’ हटाइएको स्पष्ट पार्नुभयो ।

स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न सकिने हो कि भनी सोधिएको एक प्रश्नमा प्रमुख आयुक्त यादवले छोटो अवधि भएकाले दुईटै निर्वाचन एकैसाथ गर्न नसकिने जानकारी गराउनुभयो । निर्वाचन आचारसंहिता पालना गराउन आयोग प्रतिबद्ध रहेको र आचारसंहिता पालना नगरेको बारेमा प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने उहाँको भनाइ थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget