Websoft University

www.radiomakalu.com || 021-522512


मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकार प्रयायरत – उपप्रधानमन्त्री थापा

मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकार प्रयायरत – उपप्रधानमन्त्री थापा

हेटौँडा,  चैत १२ गते  । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताउनुभएको छ ।


उपप्रधानमन्त्री थापाले आज राप्रपा मकवानपुरद्वारा उहाँकै सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनलगत्तै केन्द्र र प्रदेशको निर्वाचन गरी बाह्य हस्तक्षेपलाई निष्प्रभावी बनाउन प्रमुख राजनीतिक दलहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा राजनीतिक स्थायित्वका साथसाथै आर्थिक समृद्धिका लागि राप्रपाले अरु दलसँग सहकार्य गर्ने समय आएको पनि बताउनुभयो । सो कार्यक्रममा राप्रपाका भूपू केन्द्रीय सदस्य मधु अधिकारी र राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले प्रमुख दलहरुले मधेसवादी दलसँग आपसी समझदारी कायम गर्दै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget