Websoft University

www.radiomakalu.com || 021-522512


साउदी सरकारले अवैध कामदारलाई आममाफी दिने : एक लाख नेपाली लाभान्वित


साउदी सरकारले अवैध कामदारलाई आममाफी दिने : एक लाख नेपाली लाभान्वित
काठमाडौं चैत १२ गते । साउदी अरबमा लामो समयदेखि अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ।
साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हो। उक्त समय अवधिमा पनि आफ्नो देश फर्कन नचाहने अवैधानिक रुपमा रहेका आप्रवासी नागरिक लागि कडा कारवाही हुने त्यहाका सञ्चार माध्यमले जनाएका छन्।
आममाफीको समय यही चैत १६ गतेबाट ९० दिनसम्मको हुने छ। उक्त अवधिमा आफ्नो देश नफर्कने अवैधानिक नागरिकलाई १५ हजारदेखि एक लाख रियलसम्म जरिवान हुने त्यहाको अध्यागम विभागले जनाएको छ।
नेपालबाट विभिन्न सयममा साउदी पुगेर अवैधानिकरुपमा लाामोसमयदेखि त्यहा बस्दै आएका नेपाली यस अभियानमा सहभागी हुन पाउने प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाले जानकारी दिए।
साउदी सरकारको यो निर्णयले नेपाल सरकारलाई पर्ने आर्थिक भारमा समेत सहयोग हुने उनको भनाइ छ। आममाफीको समयमा नेपाल आउन नचाहनेले नेपालीले चार लाख २० हजार रपैयाँ देखि २८ लाख भन्दा बढी जरिवान तिर्न पर्ने हुन्छ।
आममाफीमा सहभागी नहुने पुनः साउदी जानपाउने छैनन्। आममाफी अन्तर्गतको ९० दिनको अभियानमा आफ्नो देश फर्कन चाहने भने पुनः साउदी जान पाउनेछन्। साउदीका राजकुमार मोहम्मद विन नइफले उक्त अभियानको उद्घाटन समेत गरिसकेका छन्। राजकुमारको यो अभियानले साउदी अरबमा रहेका एक लाख भन्दा बढी अवैधानिक नेपाली नागरिकलाई समेत सहज हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ।
साउदी सरकारको यो अभियानले साउदीमा नेपाल सरकारले गर्न लागेको घुम्ती शिविरसम्म आइपुग्न पनि नेपालीलाई सहज हुने उनको भनाइ छ। घुम्ती शिविरमा अवैध रुपमा रहेका नागरिकालाई कसरी सम्पर्कमा ल्याउने भनेर आफूहरुले सोचिरहेको अवस्थामा साउदीको यो निर्णयले उत्साहित बनाएको उनको भनाइ छ।

‘अब नेपाली अवैध नागरिकले यो अवसर गुमाउन हुँदैन’, उनले भने, ‘नेपाल आउने पुनः उही कम्पनीमा जाने मनलागे वैध भएर जान पाइन्छ।’ साउदीले अवैधानिक कामदाररहित देश बनाउन अभियान थालेको हो। तोकिएको अवधिमा श्रम अवधिभन्दा बढी बसेका, धार्मिक भ्रमणमा गएर बसेका अथवा विभिन्न प्रयोजनको भिसामा गएर अवैध रुपमा बसेका आप्रवासी सहजै स्वदेश फर्किन सक्ने ढुंगानाले बताए।
‘अवैधानिक रुपमा साउदी गएर अनुमती पत्र बिनै काम गरिरहेकालाई कसरी फर्ककाउन सकिन्छ भन्ने प्रक्रियाको विषयमा छलफल भइरहेको छ’, उनले भने। यो सुविधाका लागि राहदानी विभागमा गएर प्रक्रिया पूरा गर्नपर्ने हुन्छ। साउदी सरकारले रोजगारदाता कम्पनीलाई अवैधानिक आप्रवासीलाई काम नदिन र उनीहरुलाई स्वदेश फर्काउने अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ।
सन् २०१३ मा पनि ९० दिन आममाफी दिएको साउदीले फेरि यस्तो अवसर नदिने चेतावनी दिएको छ। साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये एक करोड २० लाख आप्रवासी कार्यरत छन् ।
आथिक वर्ष २०६२÷०६३ पछि मात्रै नौ लाख भन्दा बढी नेपालीले नागरिकले साउदीका लागि अन्तिम श्रम स्वीकृत लिएका छन्। तर त्यहाँ कति अवैधानिक छन् र कति नेपाल आएका छन् भने तथ्यांक नेपाल सरकारसँग छैन्।
साउदी सरकारले दिने आममाफीको अभियानलाई नेपाल सरकारले समेत देशका विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने तयारी गरेको ढुंगानाले बताए। नेपालमा गरिने प्रचार प्रसारले आममाफीको सूचना थाहा पाउने गरी पहुँचमा नरहेका नागरिका लागि उनीहरुका परिवारले सूचना दिन सक्ने उनको भनाइ छ।-उत्तम काप्री, अन्नपूर्णबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget